"राष्ट्रिय युवा प्रतिभा सम्मान" बाट काभ्रेका अशोक खनाल सम्मानित

बालअधिकारकर्मी एवं युवाको क्षेत्रमा काम गर्दै आएका काभ्रेका अशोक खनाल राष्ट्रिय युवा प्रतिभा सम्मान-२०८१ बाट सम्मानित भएका छन ।

युवा तथा खेलकुद मन्त्रालयले नगद सहित सम्मानपत्रद्धारा उनलाई सम्मान गरेको हो । आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र मन्त्रालयका सचिव सुमनराज अर्यालले नगद सहित सम्मानपत्र प्रदान गरेका हुन् ।

युवा सशक्तिकरण, नेतृत्व विकास र समाज सेवाको क्षेत्रमा अनुकरणीय कार्य गरी नेपाली युवामा सिर्जनशिलता, उद्यमशीलता र सकारात्मक सोच प्रवाहीत गर्नका लागि उल्लेखनिय योगदान पुर्याएकोमा उनलाई सम्मान गरिएको मन्त्रालयले जनाएको छ । खनाललाई नगद १ लाख रुपैयाँसहित सम्मानपत्रद्धारा सम्मान गरिएको हो ।