भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्रको ५६ औं वार्षिकोत्सवः समुदाय स्तरमा भूमि साक्षरताको घोषणा
धुलिखेल/भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्रले ५६ औ बार्षिकोत्सव समारोह विविध कार्यक्रमका साथ मनाएको छ । १० हजार भन्दा धेरै जनशक्ति तयार गरिसकेको उक्त केन्द्रले जग्गा प्रशासन, नाप नक्सा, भौगोलिक सूचना र भूमि ब्यवस्थापन लगायतका कार्यहरु गरिरहेको छ ।
काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक जनकराज जोशीको अध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपकुलपति थापाले दक्ष जनशक्ति उत्पादन गरिरहेको केन्द्रलाई आवश्यक सहयोग र समन्वय गर्ने बताए । काठमाडौ विश्वविद्यालय लगायतका शैक्षिक संस्थाहरुको समन्वयमा केन्द्रले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ ।
कार्यक्रममा भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका निमित्त सचिव शिवप्रसाद रेग्मि, गुठी संस्थानका अध्यक्ष शिवराज पण्डित, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, नेपाल सरकारका पुर्व सचिवद्धय मधुसुदन अधिकारी र कृष्णराज विसी, काठमाडौ विश्वविद्यालयका डिन प्रा.डा मनिष पोखरेल लगायतले भूमि ब्यवस्थापन केन्द्रले उत्पादन गरिरहेको दक्ष जनशक्तिका सन्र्दभमा आगामी दिनमा ध्यान दिनु पर्ने क्षेत्रका बारेमा सुझाव दिएका थिए ।
कार्यक्रममा सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरे, नापी विभागका महानिर्देशक प्रकाश जोशी, महानिर्देशक कृष्णप्रसाद सापकोटा, प्रमुखजिल्ला अधिकारी सुर्यप्रसाद सेढाई, पुर्व कार्यकारी निर्देशक रविनकाजी शर्मा, सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका प्राचार्य बसन्तराज पुरी, प्रशिक्षार्थी जवाहरप्रसाद देव लगायतले प्रशिक्षण केन्द्रको बार्षिकोत्सवमा शुभकामना ब्यक्त गरेका थिए ।
केन्द्रका कार्यकारी निर्देशक जनकराज जोशीले नेपालमा सुहाउँदो र अन्र्तराष्ट्रिय स्तरमा समेत विश्वासिलो र गुणस्तरीय जनशक्ति तयार गरिरहेको बताए । केन्द्रका निर्देशक रामकुमार सापकोटाले प्रशिक्षण केन्द्रका गतिविधि जानकारी गराउँदै समुदायमा आधारित भूमि साक्षरता कार्यक्रम शुरु गरिने बताए ।
चालु आर्थिक वर्षका गतिविधिहरुमा शतप्रतिशत सम्पन्न भई प्रगति गरेको केन्द्रले खोज र अनुसन्धानलाई प्राथमिकतामा राखेको निर्देशक सापकोटाले बताए । अन्र्तराष्ट्रिय गोष्ठी, ४ वटा प्रदेशका ६ वटा स्थानीय तहका १३ वटा समुदायमा भूमि साक्षरता तालिम, प्रहरीको सिआईवीलाई भूमि सम्वन्धि कसुरका सम्वन्धमा तालिमको पाठ्यक्रम निर्माण गरिएको सापकोटाले बताए ।
छोटो र लामो अवधीको तालिम, सेवा प्रवेश तालिम, सेवाकालिन तालिम तथा भूमि सम्वन्धि अनुशिक्षण कार्यक्रम संचालन गरिरहेको केन्द्रले हरेक क्षेत्रमा भूमि सम्वन्धि साक्षरता गराउने अभियान लिएको छ ।
निर्देशक सुदिप श्रेष्ठले २०२५ सालमा नापि तालिम केन्द्रका नामबाट स्थापना भएको भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्र २०५७ साल असार २६ गतेबाट स्तरोन्नती भएको बताए ।अत्याधुनिक प्रविधिको प्रयोग गरी तालिम प्रदान गरिएको जानकारी गराउँदै श्रेष्ठले दक्ष जनशक्ति उत्पादनमा केन्द्रले विभिन्न विश्वविद्यालयसँग समन्वय गरिरहेको बताए ।
कार्यक्रममा नेपालमा भविश्यको जनशक्ति र जनशक्तिको भविश्यः प्रशिक्षण केन्द्रहरुको भूमिकाका सन्र्दभमा पुर्व सचिव मधुसुदन अधिकारीले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए भने निर्देशक लेखनाथ दाहालले सहभागिहरुलाई धन्यवाद दिएका थिए । निर्देशक राजेन्द्र राउत, मालपोत कार्यालय प्रमुख दिपक कोईराला, नापि कार्यालय प्रमुख सुर्दशन सिं धामि, डिजिटल नापि कार्यालय प्रमुख सुरेश जोशी, वडा अध्यक्ष उत्तम तिमल्सिना, प्रशिक्षकहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागि भएको कार्यक्रमको पहिलो सत्र प्रशिक्षक सुस्मिता तिमल्सिना र दोश्रो सत्र प्रशिक्षक उमंगराज डोटेलले संचालन गरेका थिए ।