खेलकुद विकास समितिको अध्यक्ष पदमा तेश्रो पटक मानविर नियुक्त, विहिबार गरे पदभार

बनेपा/जिल्ला खेलकुद समिति काभ्रेको अध्यक्ष पदमा बागमती प्रदेश सरकारले पुनः तेश्रो पटक मानविर लामालाई नियुक्ति गरेको छ । नियुक्ति गरिएका अध्यक्ष लामाले विहिबार एक कार्यक्रमका बीच पदभार ग्रहण गरेका छन् ।

सत्ता समिकरण बदलिएसँगै बागमती प्रदेश सरकार पनि फेरबदल हुने भए पछि नियुक्ति तथा मनोननय गरिरहेको छ । बागमती प्रदेश सरकार माओवादी नेतृत्वमा छ । मानविरलाई पहिलो पटक २०७६ जेठमा नियुक्ति गरिएको थियो । दुई दुई वर्षको कार्यकाललाई यो पटक चार वर्षको बनाईएको छ । तेश्रो पटक नियुक्ति भएका मानविरले आगामी योजना र विगतका गतिविधिका बारेमा जानकारी दिएका थिए । खेलकुद महोत्सव, राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, खेलकुद विकास समितिको भवन, खेलमैदान, प्रशिक्षकहरुको उत्पादन लगायतका कार्यहरु गरिरहेको अध्यक्ष मानविर लामाले बताए । खेल क्षेत्रमा अझै धेरै कार्य गर्न बाँकी रहेको अध्यक्ष मानविरले बताए । तेश्रो कार्यकालमा काभ्रेपलाञ्चोक जिल्लाको खेलकुद क्षेत्रलाई शशक्त बनाउने प्रतिवद्धता ब्यक्त गरे । अध्यक्ष नियुक्ति भए पनि बागमति प्रदेश सरकारले अन्य पदाधिकारी र सदस्यहरु नियुक्ति गरेको छैन ।

पदभार ग्रहण कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष एवं वडा अध्यक्ष सचितानन्द केसीको अध्यक्षता रहेको थियो । 

कार्यक्रममा कार्यालय प्रमुख बलराम शर्मा, आईटिएफका किशोर बरुण, फुलकन्ट्याक्ट कराँतेका गोविन्दलाल श्रेष्ठ, कराँते प्रशिक्षक ओमप्रकाश नकर्मी, तेक्वान्दो प्रशिक्षक फिरोज शाक्य, तेक्वान्दो प्रशिक्षक राकेश भोक्षिभोया, बक्सिङ्गका बरिष्ठ प्रशिक्षक किरण बहादुर कार्की, उसु प्रशिक्षक नमोराज लामा, विजय सुन्दर सैँजु, तेक्वान्दो प्रशिक्षक रामचन्द्र कर्माचार्य, भिमबहादुर कर्माचार्य, कराँते महासंघका श्याम कुँवर, गौतम मानन्धर, कविरकुमार रञ्जितकार लगायतले शुभकामना दिएका थिए ।