विश्व हेपाटाइटिसविरुद्धको दिवस : के हो हेपाटाइटिस र यसबाट कसरी बच्ने ?

हरेक वर्ष जुलाई २८ तारिखको दिनलाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाइँन्छ । जसको मुख्य कारण विश्व भरी नै हेपाटाइटिस रोगको जनचेतना जगाउनु रहेको छ । सन् २०२४ मा विश्व हेपाटाईटिस दिवशको नारा क्ष्तुक तष्mभ ायच बअतष्यल नाराका साथ दिवस मनाइदै छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन २०२२मा ३०४ मिलियन मानिसहरू दिर्घ हेपाटाइटिस बी र सी को समस्यावाट ग्रसित छन । सन २०२२मा करिव १।३ मिलियन मानिसहरु दिर्घ हेपाटाइटिस बी र सी को कारणले मृत्यु भएको थियो । विशेषत हेपाटाइटिस भाइरसका ५ मुख्य प्रकारहरू छन् ( ए, बी, सी, डी, र ई। हाल हेपाटाइटिस बी र सी सबैभन्दा धेरैलाई संक्रमण गरेको पाईन्छ जसको परिणाम स्वरुप प्रति वर्ष १।३ मिलियन मानिसको मृत्यु र २।२ मिलियन मानिसहरु हेपाटाइटिसको नयाँ संक्रमण भइरहेको हुन्छ ।

यस्तो डरलाग्दो रोगले हाम्रो शरिरको कलेजोमा संक्रमण गर्दछ । कलेजो हाम्रो शरीरको दोस्रो ठूलो अंग हो । रातो खैरो रङको यो अङ्ग करिव १।३ केजी देखी १।६ के जी सम्म हुन्छ । यो लगभग एक साढे एक केजीको हुन्छ। कलेजोले हाम्रो शरीरमा आवश्यक पर्ने प्रोटिन र आल्मुनियम जस्ता थुप्रै तत्वहरु बनाउँछ । भनिन्छ कलेजोले हाम्रो शरिरमा ५०० भन्दा वढी प्रकारका काम गर्छ । पित्तको उत्पादन, खानामा भएका पोषण तत्वको मेटावोलिज्म गर्ने, रक्सि जन्य प्रदार्थको मेटावोलिज्म, भिटामिन आइरन तथा गुलकोज जस्ता प्रदार्थको भण्डारण समेत गर्दछ । त्यसैले कलेजो हाम्रो शरिरको अत्यन्तै महत्वपुर्ण प्रमुख अंगको रुपमा लिइन्छ ।

कुनै पनि कारणले बिग्रिएर सुन्निने समस्यालाई ‘हेपाटाइटिस’ भनिन्छ । सामान्य भाषामा भन्ने हो भने हेपाटाइटिस भनेकै जन्डिस हो। हेपाटाइटिसको पहिलो लक्षण भनेकै जन्डिस हो जन्डिस देखिन्छ । हेपाटाइटिस अल्पकालिन र दीर्घकालिन दुवै हुन सक्छ । यो विशेषगरी दुई प्रकारले हुने गर्छ। एउटा फोहोर पानीबाट र अर्को रगत जन्य पदार्थबाट हुने गर्छ। हेपाटाईटिस जुनसुकै उमेर समुहमा देखिन सक्छ यद्दपी यूवा अवस्थामा भने अलि बढी देखिने गरेको छ ।


हेपाटाइटिसको प्रकार र सर्ने तरिकाः

सङ्क्रमण गराउने भाइरसका आधारमा हेपाटाइटिसका ५ प्रकारका छन् ।

१. हेपाटाइटिस ‘ए’

२. हेपाटाइटिस‘बी’

३.हेपाटाइटिस‘सी’

४.हेपाटाइटिस‘डी’

५.हेपाटाइटिस ‘ई’

 

हेपाटाइटिस‘ए’
यो हेपाटाइटिस ए भाइरसको कारणले हुने गर्दर्छ विशेष गरी मुख्य गरी
fecal-oral route (दिशा मुख मार्ग) दुषित पानी खाना मार्फत यो भाइरस हाम्रो शरीरमा प्रवेश गर्छ । हेपाटाइटिस ‘ए’ ले कलेजोको तीव्र (एक्यूट) सङ्क्रमण गराउँछ । यसले दिर्घ समस्या सिर्जना गर्दैन । केही समयमा विस्तारै हराउदै जान्छ । हेपाटाइटिस ‘ए’ को सङ्क्रमण विशेष गरी वर्षमायामा धेरै देखिने गर्छ ।

हेपाटाइटिस‘बी’
यो हेपाटाइटिस बी भाइरसको कारणले हुने गर्दर्छ विशेष गरी हेपाटाइटिस ‘बी’ भनेको रगत जम्ने तरल पदार्थ वा शरीरको तरल पदार्थ मार्फत यो भाइरस हाम्रो शरीरमा प्रवेश गर्छ । यो हेपाटाटिस वी एक्यूट र दिर्घ दुवै प्रकारको हुनसक्छ । एक्युट खालको हेपाटाइटिस वी ६ महिना वा त्यो भन्दा कम समयमा ठिक हुन्छ भने भने दिर्घ हेपाटाइटिस बी को सङ्क्रमण ६ महिना भन्दा बढी हुन सक्छ त केही व्यक्तिमा भने यो भाईरस जीवनभर रहिरहन सक्छ दिर्घखालको हेपाटाइटिस बी रोगको संक्रमण भएका मध्य केही व्यक्तिमा कलेजोको सिरोसिस तथा क्यान्सर देखिन सक्छ । हेपाटाइटिस ‘बी’ बाट संक्रमण भएका वयस्कमा करिव २० देखि ३० प्रतिशतलाई पछि गएर कलेजोको सिरोसिस तथा क्यान्सर हुनसक्ने अनुसन्धानले देखाएको छ

हेपाटाइटिस‘सी’
यो हेपाटाइटिस सी भाइरसको कारणले हुने गर्दर्छ । दिर्घकालिन यसको संक्रमण भइरह्यो भने कलेजो कडा हुदै जाने र कलेजोको सिरोसिस तथा क्यान्सर नै हुन सक्छ । हेपाटाइटिस सी भाइरस रगत र रगत भएको शरीरको तरल पदार्थबाट सर्छ। जस्तो हेपाटाइटिस सी भएको आमावाट बच्चामा
, लागू औषधी सुई सिरिन्ज प्रयोग गर्नेहरुमा सर्ने संभावना वढी रहन्छ ।

हेपाटाइटिस‘डी’ 
हेपाटाइटिस डी भाइरसको कारणले हुने कलेजोको रोगलाई हेपाटाइटिस ‘डी’ भनिन्छ । हेपाटाइटिस डी लाइ हेपाटाइटिस बी को स्याटेलाइट भाइरसभनेर चिनिन्छ किनभने यसले पहिले नै हेपाटाइटिस बी भाइरसबाट संक्रमित व्यक्तिहरूलाई मात्र हेपाटाइटिस डी को संक्रमित गर्न सक्छ। अध्ययनहरुले हेपाटाइटिस ‘बी’ बाट सङ्क्रमित मध्य ५ प्रतिशतलाई हेपाटाइटिस ‘बी’ सँगसँगै हेपाटाइटिस ‘डी’ को सङ्क्रमण हुन सक्ने तथ्य देखिएको छयसरी दोहोरो सङ्क्रमणले गर्दा कलेजोको सिरोसिस तथा क्यान्सर हुने सम्भावना झनै धेरै बढ्छ ।

हेपाटाइटिस‘ई’
यो हेपाटाइटिस सी भाइरसको कारणले हुने गर्दर्छ । विशेष गरी मुख्य गरी
fecal-oral route (दिशा मुख मार्ग) दुषित पानी खाना मार्फत यो भाइरस हाम्रो शरीरमा प्रवेश गर्छ । हेपाटाइटिस ‘’ ले कलेजोको तीव्र (एक्यूट) सङ्क्रमण गराउँछ । यसले दिर्घकालिन समस्या सिर्जना गर्दैन । यो सङ्क्रमण पश्चात् केही हप्ता वा महिना पछि आफै सन्चो भएर जान्छ भने धेरै कमलाई मात्र कलेजोको गम्भीर समस्या ल्याउन सक्छ । हेपाटाइटिस ‘ई’ को सङ्क्रमण विशेष गरी वर्षमायामा धेरै देखिने गर्छ ।

कुन प्रकारको भाईरल हेपाटाइटिस कडा हुन्छ  ?

हेपाटाइटिस ‘ए’ र ‘ई’ले संक्रमण भएपछि ब्यक्तिगत सरसफाइ तथा खानपिनमा विशेष ध्यान दिन सकेको खण्डमा आफै निको हुन्छ । ‘ए’ र ‘ई’ भनेको फोहार पानीबाट सर्ने वा साधारण जन्डिस देखिने हेपाटाइटिस हो । प्रशस्त पानी तथा झोलकुराको सेवनले निको हुन मद्दत गर्दछ । यसको लागि विशेष औषधिको आवश्यकता पर्दैन। हेपाटाइटिस ए र ई लाई कडारुपमा नलिएता पनि हेपाटाइटिस ‘बी’ र ‘सी’ले दिर्घ समस्याको रुपमा रहने भएकोले पछि गएर लिभर सिरोसिस भएर लिभर कडा हुँदै जाने र लिभर क्यान्सरसम्म गराउन सक्छ । त्यसैले ‘बी’ र ‘सी’ कडा हेपाटइटिस भनेर बुझिन्छ ।

हेपाटाइटिस बी सी र डी सर्ने माध्यमहरुः

हेपाटाईटिस बी सी र डी वाट सङ्क्रमित आमाले जन्म दिएको बच्चामा सर्न सक्छ, हेपाटाईटिस बी सी र डी वाट सङ्क्रमित रागीले प्रयोग गरेका सिरिन्ज तथा सुईको गलत प्रयोग हुँदा, रगतजन्य वस्तु तथा खुला घाउको सम्पर्कमा आउँदा,सङ्क्रमित व्यक्तिले दिएको रगत निरोगी ब्यक्तिले रगत लिँदा,असुरक्षित यौन सम्पर्क गर्दा सर्ने संभावना रहन्छ ।

भाईरल हेपाटाईटिसका लक्षणः

थकान लाग्ने , सामान्य दुखाइ,ज्वरो , अस्वस्थ महसुस हुनु, पखाला लाग्ने, पेट दुख्ने, जन्डिस (छाला र आँखा पहेलो हुनु) खाना खान मन नलाग्ने, मांसपेशी, जोर्नी र पेट दुख्ने, पिसाबको रंगमा परिवर्तन हुने जस्ता लक्षण देखिन्छ ।

परीक्षण बिधिः हेपाटाइटिस ए भाइरस एन्टिबडी (HAV-Antibody), हेपाटाइटिस बी सरफेस एन्टिजेन (HBsAg) , (HBV-DNA, HBeAg, HBcAg) , (HCV-Antibody) , (HDV-Antibody) पेटको अल्ट्रासाउन्ड, कलेजो कार्य परीक्षण लगायतका परिक्षण गर्ने गरिन्छ ।

उपचारः हेपाटाईटिसको परिक्षणको नतिजा हेरी हेपाटाइटिसको प्रकार र संक्रमणको अवस्था हेरी उपचार गर्नुपर्ने हुन्छ हेपाटाईटिस ए र ई को उपचार सामान्य खानपिन र ब्यक्तिगत सरसफाईमा ध्यान पुराए मात्रै पनि केही दिनमै निको हुने गर्दछ । तर क्रोनिक हेपाटाइटिस बि को लागि एन्टिभाइरल औषधि प्रयोग गरिन्छ । दीर्घ हेपाटाइटिस बी र सी भने नियन्त्रण हुनसक्छ । हेपाटाइटिस सीको समयमै पहिचान र १२ सातासम्म सिफारिस गरिएको औषधि खाएमा ९५ प्रतिशत सफल उपचार गर्न सकिन्छ । त्यस्तै, बीको हकमा गम्भीरताको आधारमा उपचार सुरु भएपनि रोकथाम गर्न कठिन हुन्छ । यसै गरी हेपाटाइटिस ‘डी’ लाई पनि एन्टिभाइरलद्धारा उपचार गरिन्छ । यदी कलेजो फेल भएको छ भने कलेजो प्रत्यारोपण विकल्प हुनसक्दछ । थप उपचार तथा सल्लाह सुझावको लागि बिशेषज्ञ सँग सम्पर्क राखेर उपचार गराउनु विरामीको कल्याण हुन्छ ।

जटिलताः

हेपाटाइटिसको समयमा पहिचान भएन तथा उपचार भएन भने यो विस्तारै फैलिंदै गएर कलेजोको फेल हुने, कलेजोको क्यान्सर हुने दिमाग बेसुर हुने, रगत पातलो भएर एक रगत बगिरहने हुनसक्छ । यसैगरी शरीरमा निलो डोवहरु देखिने लगायत गम्भीर लक्षण देखिनुका साथै विरामीको मृत्यु समेत हुन सक्छ ।

हेपाटाइटिस रोगको संक्रमण भएको अवस्थामा आहार कस्तो हुनुपर्छ ?

हेपाटाईटिसको शुरुवाती अवस्थामा स्वस्थकर आहारको मद्दतले रोग निको हुन अत्यन्तै ठूलो भूमिका खेल्दछ । यस अवस्थामा सामाजिकरुपमा जन्डिस भएपछि नुन, बेसार, तेल खानु हुँदैन भन्ने भ्रम छ जुन यथार्थमा सरासर गतल कुरा हो। यस्तो अवस्थामा कलेजोलाई काम गर्न कठिनाई हुने खालका खाध्य प्रदार्थ तथा पेय प्रदार्थ भने सेवन गर्नु हुदैन । सफा र शुरक्षित पानी प्रशस्त पिउने, ताजा फलफूल, गेडागुडीको रस खाने, चिल्लो कम खाने, कार्बोहाइड्रेड प्रशस्त भएका खाने कुराहरु खाने, अण्डाको सेतो भाग खाने, आफ्नो खानामा प्याज र लसुन जस्ता परम्परागत मसलाहरू जिरा, बेसार समावेश गर्न सकिन्छ । यस अवस्थामा रक्सी, जंकफुड तथा प्रशोधित खानेकुरा भने पटक्कै खानुहुँदैन ।

रोकथामका उपाएः हेपाटाइटिस ‘ए’ र ‘ई’बाट बच्न सरसफाईमा ध्यान दिनुपर्छ। पानी राम्ररी उमालेर मात्र पिउने गर्नुपर्छ। जथाभावी दिशा गर्ने तथा खानेपानीका पाईपलाईन र ढललाई ब्यबस्थित गर्नु पर्छ ।

नेपाल सरकारले हेपाटाइटिस ‘बी’को रोकथामको लागि वालवालिका ६,१०,१४ मा पेन्टा खोप हिप बीको खोप निशुल्क उपलब्ध गराएको छ । यो खोप राष्ट्रिय खोप तालिकामा समावेश गरेको लामो समय भएको छ तर यो खोप प्राप्त नगरेका व्यक्तिहरुले भने आफुलाई हेपाटाइटिस छ वा छैन भनेर पत्ता लगाउने र यदी संक्रमण भए तत्कालै उपचार शुरु गर्नु पर्छ ।

हेपाटाइटिस ‘सी’को विरुद्धमा भने हाल सम्म कुनै खोप उपलब्ध छैन। त्यसैले जथाभावी सुईको प्रयोग नगर्ने, राम्ररी स्टेरीलाईजेशन भएका सामाग्रीहरुवाट विरामीको उपचार गर्ने । धेरै जना सँग अशुरक्षित शारिरिक सम्बन्ध नराख्ने गर्दा धेरै हदसम्म यो रोगवाट वच्न सकिन्छ ।

साथै नियमित व्यायम गर्ने रक्सि लगायतका पेय प्रदार्थको सेवन नगर्ने, यदी सङ्क्रमित आमाबाट बच्चामा सर्न रोक्न जन्मेको १२ घण्टा भित्र नवजात शिशुलाई हेपाटाइटिस बी इम्यून ग्लोबुलिन ९ज्द्यक्ष्न्० र २४ घण्टा भित्र हेपाटाइटिस बी खोप दिनुपर्छ ।

काभ्रेपलाञ्चोकमा हेपाटाईटिसको अवस्था कस्तो छ?

नेपालमा हाल करिव ५ देखी ६ लाख सम्म हेपाटाईटिस बी को संक्रमण भएको अनुमान गरिएको छ । नेपाल जस्तो देशमा विरामी नभई अस्पताल नजाने प्रचलनले गर्दा समेत रोग पहिचानमा समस्या आएको छ । काभ्रेपलाञ्चोकमा हामीसँग यति नै छ भनेर अनुसन्धान गरेर निकालिएको ठोस तथ्याङ्क त छैन। नेपाल सरकारको स्वास्थ्य सुचना प्रणालीका प्रविष्ठ भएको विगत तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा आ.. २०७८/२०७९ मा हेपाटाईटिस ए ३ जना, हेपाटाईटिस बी २ जना, हेपाटाईटिस ई ३ जनामा देखिएको थियो भने आ.. २०७९/२०८० मा हेपाटाईटिस ए १ जना, हेपाटाईटिस बी १० जनामा देखिएको थियो यसै गरी आ.. २०८०/२०८१ मा हेपाटाईटिस ए १ जना, हेपाटाईटिस बी १ जनामा देखिएको थियो । धुलिखेल नगरपालिकामा मात्र आ.. २०७९/२०८० मा हेपाटाईटिस बी ७ जनामा देखिएको थियो । यसरी सरकारी तथ्याङलाई मात्र हेर्दा यो संख्या अलि कम देखिएता पनि विश्वव्यापी प्रिभ्यालेन्सलाई हेर्ने हो भने यसको अवस्था विकराल नै छ भन्ने अनुमान लगाउन सकिन्छ ।

हेपाटाईटिस बी र सी को अधिकाशं विरामीहरुमा लक्षण देखिदैन जसले गर्दा यिनीहरुले अन्य निरोगी ब्यक्तिलाई सारी रहेका हुन्छन । विरामीले थाहा पाँउदा यसले दिर्घस्वरुप लिई सकेको हुन्छ जसले क्यान्सरको जोखिम वढाउछ । दिगो विकास लक्ष्य–२०३० अन्तरगत विश्वबाट सन् २०३० सम्म भाइरल हेपाटाइटिसको नयाँ सङ्क्रमणलाई ९० प्रतिशत र यसबाट हुने मृत्युलाई ६० प्रतिशतले घटाउने लक्ष्य लिइएको छ यो लक्ष्यमा पुग्न आजैवाट सवै काम शुरु गरौं ।

२०८२ जेठ ०५, आइतबार
२०८२ जेठ ०५, आइतबार