राशि अनुरुप भगवान् शिवको पूजा विधि

हिन्दु क्यालेन्डरमा साउन महिना शिवभक्तहरुका लागि निकै महत्वपूर्ण हुन्छ । यो महिना भोलेनाथ प्रती समर्पित छ । त्यसैले यो महिना मानिसहरु भगवान शिवको पूजाआजामा लिप्त हुन्छन् । यद्यपि यो महिनामा कुन राशिका ब्यक्तिले कुन विधिले पुजा गर्नुपर्छ भन्ने कुरा धेरैलाई जानकारि छैन । साउन महिनामा भगवान भोलेनाथको पूजा गर्नाले जिवनमा धेरै अशुभ कामकुराहरु पर हट्छन् ।
राशि अनुसार पूजा गर्ने विधि :
मेष राशिका मानिसहरुले साउन महिनामा भगवान् भोलेनाथलाई काँचो दूधले अभिषेक गर्नुपर्छ । अभिषेक गर्दा दूधमा थोरै मह मिसाउन सकिन्छ । यसका साथमा चन्दन पनि मिसाएर भगवान् भोलेनाथलाई चढाउने । यसो गर्नाले भोलेनाथले मेष राशिका मानिसहरूलाई प्रसन्न तुल्याउनुका साथै इच्छित फल प्रदान गर्नुहुनेछ ।
वृष राशिका व्यक्तिले भगवान भोलेनाथको जलाभिषेक दूधको सट्टा दहीले गर्नुपर्दछ भने चमेलीको फूल चढाउनुपर्छ । यति गर्नाले भोलेनाथको कृपा प्राप्त हुनेछ ।
मिथुन राशिका व्यक्तिहरूले साउन महिनामा भोलेनाथको पूजा पछि उखुको रसले जलाभिषेक गर्नुपर्छ । यसबाट इच्छित परिणाम प्राप्त गर्न सकिन्छ ।
कर्कट राशिका व्यक्तिले दूधमा भाङ र चिनी मिसाएर भगवान शिवको जलाभिषेक गर्नुपर्छ । सम्भव भए रुद्राष्टाध्यायीको पाठ पनि गर्नुपर्छ । यसबाट आर्थिक तथा सामाजिक कल्याण हुन्छ ।
सिंह राशि भएका व्यक्तिहरूले साउन महिनामा रातो चन्दनको जलले भगवान शिवको जलाभिषेक गर्नुपर्छ। यसका अतिरिक्त रातो गुलाब वा रातो रंगको फूल चढाउनुपर्छ । यसो गर्नाले भगवान शिव प्रसन्न हुनुहुनेछ र आशीर्वाद प्रदान गर्नुहुनेछ ।
कन्या राशिका व्यक्तिहरूले साउन महिनामा दूध, दही वा पञ्चामृतले भगवान भोलेनाथको जलाभिषेक गर्नुपर्छ। यसो गर्नाले विवाह सम्बन्धि बाधा हट्छ र भगवान भोलेनाथले आशीर्वाद प्राप्त गर्न सकिन्छ ।
तुला राशिका मानिसहरूले साउन महिनामा भगवान शिवको पूजा गर्दा आफ्ना ग्रहहरूको ध्यान गर्नुपर्छ । यसैगरि गाईको दूधमा मिश्री मिसाएर भगवानलाई अर्पण गर्नुहोस्। यसो गर्नाले भोलेनाथ प्रसन्न भएर घरमा समृद्धि आउनुका साथै आर्थिक समस्या हट्नेछ ।
वृश्चिक राशिका मानिसहरूले भोलेनाथको पूजा गर्दा पानीले जलाभिषेक गर्नुपर्छ। यसबाहेक भोलेनाथलाई बेलपत्र , धतुरो तथा गुलाबको फूल चढाउनुपर्छ। यसले आर्थिक तथा सामाजिक मामिलामा लाभ दिनेछ ।
धनु राशिका व्यक्तिले केसर मिसाएर भगवान भोलेनाथको जलाभिषेक गर्नुपर्छ । यसबाहेक भोलेनाथलाई पहेँलो फूल वा पहेँलो गुलाब चढाउनुहोस् । यसबाट भोलेनाथको कृपा कायम रहनेछ ।
मकर राशिका व्यक्तिले साउन महिनामा भगवान भोलेनाथलाई धतुरो, फूल, भाङ तथा अष्टगन्ध चढाउनुपर्छ । यसबाहेक भोलेनाथको जलाभिषेक तिलको तेलले गर्नु उपयुक्त हुन्छ ।
कुम्भ राशिका मानिसहरूले साउन महिनामा उखुको रस वा नरिवलको पानीले भगवान भोलेनाथको जलाभिषेक गर्नुपर्छ। यसो गर्नाले भगवान भोलेनाथको कृपा प्राप्त हुनेछ । यसले आर्थिक मामिलामा मजबुत समेत बनाउनेछ।
मीन राशि भएका व्यक्तिले साउन महिनामा हातमा चन्दनको माला लिएर १०८ पटक भगवान शिवको मन्त्र पढदै ध्यान गर्नुपर्छ । यसले आर्थिक तथा सामाजिक आशिष प्राप्त हुनेछ । यसका अतिरिक्त भगवान भोलेनाथलाई दूध, दही, पञ्चामृत तथा बेलपत्रले अभिषेक गर्नुपर्छ । यसो गर्नाले व्यापार र व्यावसायमा उल्लेख्य वृद्धि हुनेछ ।