काभ्रेमा १५ जनामा डेंगु संक्रमण पुष्टि

काभ्रेमा १५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । साउन १ गतेदेखि आज (साउन १६ गते) सम्म १५ जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । सबैभन्दा बढी संक्रमित धुलिखेल नगरपालिका र पनौतीमा भेटिएका छन् ।
धुलिखेल र पनौती नगरपालिकामा ४/४ जना, बनेपा नगरपालिकामा ३ जना, पाँचखाल नगरपालिकामा २ जना, नमोवुद्ध नगरपालिका र रोशी गाउँपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा महिला बढी छन् । १० जना महिला र ५ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।