काठमाडौं / नेकपा एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ ।
आज बिहीबार बसेको सचिवालय बैठकले सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको सो पदमा बराललाई नियुक्त गरेको हो ।
बराल यसअघि स्थायी कमिटी सदस्यको जिम्मेवारीमा थिए । बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।