अनिशाले ल्याइन् 'तिम्रै बारेमा'

अनिशा महतको पहिलो गित ‘तिम्रै बारेमा’ धेरैले मन पराएका छन् । पनौती नगरपालिका वडा नम्बर ८ मल्पी निवासी महतले पहिलो पटक आफ्नै आवाज र आफ्नै अभिनय रहेको तिम्रै बारेमा गीतको म्युजिक भिडियो बजारमा ल्याएकी हुन् ।
गाइने रेकर्डस्मा रेकर्डिङ भएको गितको भिडियो सम्पादन एसआर डिजिटल फोटो स्टुडियोले गरेको थियो । क्यामरामा नविन थापाले साथ दिएका थिए । आफ्नो पहिलो प्रयास भएपनि धेरै स्रोता दर्शकको राम्रो प्रतिक्रिया प्राप्त गरेको महतले बताइन् ।
उनले आगामी यत्राका लागि थप हौसला मिलेको पनि बताएकी छन् । उनले सानैदेखि सांगितिक क्षेत्रमा रुची रहेको भन्दै सबैको साथ सहयोगले सफलता प्राप्त गर्ने विश्वास लिएकी छन् ।
भिडियोः