गोकुल बाँस्कोटा काभ्रे इन्चार्ज, अरु कसलाई के जिम्मेवारी ?

नेकपा एमाले काभ्रे जिल्ला इन्चार्जको जिम्मेवारी पोलिट्व्युरो सदस्य समेत रहेका पुर्वमन्त्री गोकुल बाँस्कोटाले पाएका छन् । बिहीबार बसेको नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन, केन्द्रीय कमिटीमा मनोनयन र प्रदेश इन्चार्ज तोक्नेलगायत निर्णय गरेको थियो । सोहि बैठकले काभ्रे इन्चार्जको जिम्मेवारी बाँस्कोटालाई दिने निर्णय गरेको हो ।
बाँस्कोटा यसअघि सिन्धुपाल्चोक जिल्ला इन्चार्ज थिए । यस्तै संविधानसभा सदस्य रामहरी सुवेदी सल्लाहकार परिषद्मा मनोनित भएका छन् । सुवेदी यसअघि बागमती प्रदेश कमिटी उपाध्यक्ष थिए ।
केन्द्रिय सदस्य रेशम लामाले काभ्रे प्रतिनिधि सभा १ र नवीना लामाले काभ्रे प्रतिनिधि सभा २ को इन्चार्जको जिम्मेवारी पाएका छन । रुक्मिणी राना काभ्रे प्रदेशसभा १ (१) को इन्चार्ज तोकिएकी छन् ।