फरक फरक ठाउँमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं/ सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

सुनसरी,इनरूवा नगरपालिका-४ बस चोकस्थित सडकमा ना.३ख १४५ नम्बरको ट्रकले को।२२ प ४०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भोक्राहा नरसिङ गाउँपालिका-२ बस्ने ५२ वर्षीय रमानन्द मेहताकोबुधबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरूवामा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रूपन्देही,मायादेवी गाउँपालिका-६ बालुवादिपुस्थित सडकमा लु.२ ख ६७६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीय गोरख बेल्दारको बुधबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हुम्ला, चंखेली गाउँपालिका-२ गौरीसल्लाबाट देउली बजारतर्फ जाँदै गरेकोकर्णाली प्रदेश ०२/००१ च ०९२२ नम्बरको बलेरो जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार रमेश मल्लको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका जिपमा सवार ६ जनामध्ये ३ जनाको सोही अस्पताल र ३ जनाको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ।