धुलिखेल–४ बखुण्डोलमा कन्या पूजा गरिँदै
धुलिखेल÷श्रीकृष्ण जन्माअष्टमीको अवसरमा भाद्र १० गते सोमबार धुलिखेल नगरपालिका वडा नम्वर ४ स्थित बखुण्डोलमा रहेको बुद्ध पार्कमा कन्या पूजा गरिने भएको छ ।
वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाले संस्कृतिको संरक्षण र जगेर्ना गर्ने उदेश्यले विभिन्न संघ संस्थाको समन्वयमा उक्त कार्यक्रम आयोजना गरिएको बताए ।
कन्या पूजाका लागि वडा कार्यालयका अलावा बखुण्डोल बुद्धपार्क ब्यवस्थापन समिति, सामाजिक जागरण मञ्च, सेतीदेवी बहुउद्देश्यीय उपभोक्ता समुह, नेपाल रेडक्रस सोसाईटी सेतिदेवी उपशाखा, पतञ्जली योग केन्द्र, जुगल साना किसान कृषि सहकारी संस्था लिमिटेड लगायतका संघ संस्था तथा ब्यक्तिहरुको सहयोगमा कन्या पूजा गरिदैछ ।
कन्या पूजाको तयारीसँगै कन्याहरुलाई उक्त पूजामा सहभागि गराउन आब्हान गरिएको छ । विहान ९ बजेबाट उक्त स्थानमा कन्याहरुको पूजा गराउने भएकाले रजस्वाला नभएका कन्याहरुलाई सहभागि गराई पुज्न तथा आर्शिवाद लिन र दिन आब्हान गरिएको छ ।






