धादिङमा माइक्रो बस दुर्घटना हुँदा १५ जना घाइते

धादिङ/धादिङमा माइक्रो बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको इभी माइक्रो बस धादिङको गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्गमा पर्ने सिमबजारमा दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् ।

वर्षाका कारण सडक चिप्लो हुँदा माइक्रो बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। माइक्रो बस सडकमा पल्टिएको छ। माइक्रो बस दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।