शंखुपाटीचौर स्वास्थ्य चौकीले गर्यो सामाजिक परिक्षण तथा नतिजा सार्वजनिकीकरण

शंखु/ शंखु पाटीचौर स्वास्थ्य चौकीले स्वास्थ्य संस्था सामाजिक परिक्षण तथा नतिजा सार्वजनिकीकरण कार्यक्रम गरेको छ ।

स्वास्थ्य चौकीका ब्यबस्थापन समिती अध्यक्ष तथा धुलिखेल नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष मोहन प्रसाद लामिछानको अध्यक्षमा भएको उक्त कार्यक्रममा स्वास्थ्य चौकीले आर्थिक वर्ष २०८०/२०८१ मा गरेका प्रगती विवरणहरु प्रस्तुत गरिएको थियो । स्वास्थ्य चौकीले सामाजिक परीक्षणबाट प्राप्त नतिजाहरुको सार्वजनिकीकरण गर्नु उपलब्ध स्वास्थ्य सेवाहरुमा सर्वसाधारणको पहुंच, सेवाको गुणस्तर, प्रभावकारीता र स्वास्थ्य संस्थाको जवाफदेहिताको बारेमा सहभागीहरुको राय, सुझाव र प्रतिक्रियाहरु संकलन गर्नु, भेलामा उठेका सवालहरुको सम्बोधनको लागि कार्ययोजना निर्माण गर्नु, कार्ययोजनाको प्रभावकारी कार्यन्वयन र अनुगमनका लागि सम्बन्धित सबैको प्रतिबद्धता सुनिश्चित गर्नु रहेको ब्यबस्थापन समिती अध्यक्ष मोहन प्रसाद लामिछाने बताए । चौकीका ईन्चार्ज अन्जु अधिकारीले स्वास्थ्य चौकी बाट विभिन्न सेवाहरु प्रदान गर्दे आएको वताईन । स्वास्थ्य चौकी बाट परिवार नियोजन कार्यक्रम, सुरक्षित मातृत्व, खोप, पोषण, झाडापखाला, श्वासप्रश्वास, औलो तथा कालाजार, क्षयरोग रोकथाम र नियन्त्रण, कुष्ठरोग रोकथाम र नियन्त्रण, एच.आइ.भी. एड्स र यौन रोग, उपचार सेवा, महामारी नियन्त्रण तथा विपद् व्यवस्थापन, वातावरणीय सरसफाइ, स्वास्थ्य शिक्षा, नसर्ने रोग, प्रयोगशाला सेवा, प्रसुती सेवा, गाउंघर क्लिनिक कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविका, अनुगमन, प्रशासनिक कार्य गर्दे ६ हजार ९ सय ३७ जनालाई सेवा प्रदान गरेको सार्वजनिकीकरण कार्यक्रमा वताईएको थियो । स्वास्थ्य चौकीमा भिडियो एक्स रे, १ जना अनमी, नागरीक वडा पत्र, रेविज खोप आवश्यक, स्वास्थ्य चौकी वरपर घेराबार लगाएतको आवश्यक भएको नागरीकहरुले वताएका थिए । कार्यक्रमका अध्यक्ष मोहनप्रसाद लामिछानेले वडाबासीहरुको सुविधाका लागी स्वास्थ्य चौकीमा आवश्यक भएका उपकरणहरु ल्याउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

स्वास्थ्य, शिक्षा, सडक, खानेपानि, खेलकुद लगाएतका क्षेत्रमा वडाले वडाबासीहरु सगै समन्वय गर्दे काम गरिरहेको बताए । कार्यक्रममा वडाका निर्वतमान अध्यक्ष हर्क बहादुर तामाङ, शंखेश्वर माविका प्रधानाध्यापक, विभिन्न सघं सस्थाका प्रतिनिधि, कार्यपालिका सदस्य, वडा सदस्यहरु, महिला स्वास्थ्य स्वमसेविका, वडाका नागरीकहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको प्राविधिक सहयोग सुभरोथ नेपाल प्रा.लि ललितपुरले गरेको थियो । कार्यक्रम प्रालिका निर्देशक थानेश्वर कोईरालाले सहजीकरण गरेका थिए ।

त्यसैगरी शारदाबतासे चौकीले २०८०/०८१ को वार्षिक समिक्षा तथा सामाजिक परिक्षण एवं नतिजा सार्वजनिकीकरण गरेको छ ।
स्वास्थ्य चौकीका अध्यक्ष तथा वडा नम्बर १० का वडा अध्यक्ष गोविन्द प्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको छ । स्वास्थ्य चौकीकका ईन्चार्ज बलराम पौडेलले प्रगति विवरण पेश गरेका थिए ।

स्वास्थ्य चौकीमा ५ हजार ३ सय ६५ हजाले सेवा लिएका, स्वास्थ्य चौकीले आँखा शिबिर, दादुरा रुबेला खोप अभियान, पोलियो खोप अभियान, सामाजिक परिक्षण भेला,गाँउघर क्लिनिक, मनो सामाजिक परामर्श सेवा प्रत्येक महिनाको ३ र १७ गते, जेष्ठ नागरीक सेवा प्रत्येक महिनाको १५ गते गर्दे आएको लगाएतका विभिन्न सेवाहरु प्रदान गर्दे आएको पौडेलले बताए । कार्यक्रममा स्वास्थ्य चौकीमा पर्याप्त दरबन्दी अपुग भएको, स्वास्थ्य सेवामा अझै विस्तार गर्न पर्नेु वताईएको थियो ।

 कार्यक्रममा स्वागत मन्तब्य वडा सचिब ईश्वर सापकोटाले राखेका थिए । कार्यक्रममा वडा अध्यक्ष गोविन्द उपाध्यले वडाबासीहरुलाई अझै सेवा थप गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।