पालिकाको संस्थागत क्षमता स्वमूल्याङ्कनमा धादिङका दुई वटा पालिका उत्कृष्ट

काठमाण्डौ / सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संस्थागत क्षमता स्वमूल्याङ्कनमा धादिङका दुई वटा पालिका उत्कृष्ट भएका छन् । नगरपालिकातर्फ धादिङको नीलकण्ठ र गाउँपालिकातर्फ पनि धादिङकै बेनीघाटरोराङ उत्कृष्ट भएका हुन् ।

यस्तै नगरपालिकातर्फ रुपन्देहीको तिलोत्तमा दोस्रो र चितवनको रत्ननगर तेस्रो भएका छन् । त्यस्तै गाउँपालिकातर्फ गुल्मीको रुरुक्षेत्र दाेस्राे र सिन्धुपाल्चोकको इन्द्रावती तेस्रो भएका छन् । उत्कृष्ट पालिकाहरूलाई मन्त्रालयले हिजो सम्मान गरेको छ ।