बनेपामा आदर्श बहुमुखी क्याम्पस, भावी कार्यक्रम सहितका योजना सार्वजनिक

बनेपा/देशभरका क्याम्पसहरुमा विद्यार्थीको संख्या घटिरहेको समयमा काभ्रेको बनेपामा क्याम्पसहरु थपिने, एकीकरण हुने र नयाँ ब्यवस्थापनका साथ संचालन हुने क्रम चलिरहेको छ ।

पछिल्लो समय बनेपामा संचालनमा रहेको हिमालय प्राईम क्याम्पसको नाम र ब्यवस्थापन परिवर्तन सहित आर्दश बहुमुखी क्याम्पस संचालनमा ल्याईएको छ ।

कक्षा १२ उर्तिण गरेका विद्यार्थीहरुका लागि स्नातक तहमा चार वर्षे विविएस कार्यक्रमका साथै विएएलएलबी प्रस्तावित गरिएको छ । बनेपा ११ मा संचालनमा ल्याईएको उक्त क्याम्पसका बारेमा शुक्रबार क्याम्पस ब्यवस्थापन समितिले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

अध्यक्ष रामकृष्ण आचार्य, क्याम्पस प्रमुख तीर्थराज दाहाल, पुर्व क्याम्पस प्रमुख धुर्व प्रसाद भट्टराई लगायतले क्याम्पस स्थापना, ब्यवस्थापन र आगामी कार्यक्रम तथा लक्ष्यका बारेमा जानकारी गराएका थिए । सोहि अवसरमा आर्दश विद्या मन्दिरका प्रिन्सिपल रामप्रसाद तिमल्सिना लगायतले क्याम्पसले प्रदान गर्नेे गुणस्तरीय शिक्षा तथा आगामी कार्यक्रमका बारेमा धारणा राखेका थिए ।

 क्याम्पसद्वारा आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा भनिएको छ – ‘आदर्श विद्या मन्दिर काभ्रेपलाञ्चोक जिल्ला बनेपा हाईटमा रहेको छ । विद्यालय स्थापना भएको २१ बर्ष पुरा भईसकेको छ । २१ बर्षसम्म आईपुग्दा यसै बर्ष देखि स्नातक तहको अध्यापन शुरु गरि सकेको छ । कक्षा १२ उत्तिर्ण गरेर विदेश जाने विद्यार्थीको चाप रोक्ने प्रयास गर्दै ब्यवहारिक र सैद्धान्तिक ज्ञान दिदै यही देशमा केहि गर्न सक्ने योग्य नागरिकमा रुपान्तरण गर्ने लक्ष्यमा रहेको छ । गुणस्तरिय शिक्षा प्रदान गर्ने कार्यमा उच्तम नविनतम प्रविधिको प्रयोग गर्दै शिक्षण गर्दै आएको छ । यस विद्यालयबाट उच्च शिक्षा हासिल गरेका यस विद्यालयमा शिशु कक्षा देखि स्नातक तह सम्मको पढाईमा कक्षा ११ र १२ मा विज्ञान, ब्यवस्थापन, ब्यापर तथा बाणिच्य, कानून तथा न्याय र कम्प्युटर साईन्सको पढाई हुँदै आएको छ ।  विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न अपनाउनु पर्ने नेपालमा प्रयोग भइरहेको विधि र नेपाल बाहिर विकसित देशहरुले प्रयोग गर्दै आएको विधि प्रयोगमा ल्याउँदै आएका छौ। यसै बर्षबाट आइएसओ प्रमाण पत्र प्राप्त गरि सकेको छ ।’

‘उच्च शिक्षा हासिल गरी निजामति सेवामा प्रवेश गरेका ब्यक्तिहरु पनि विदेशिने लहर नै चलेको छ । यसरी अधिकाशं विद्यार्थीहरु विदेशिनेर नेपाल नफर्कने हो भने नेपालमा रहेका बुढाबढीको स्याहार सुसार गर्न विदेशबाट कामदार झिकाउनु नपर्ला भन्न सकिदैन । नेपालमा उत्कृष्ठ मानिने रोजगारी परित्याग गरी विदेशिनेको संख्या दिनानुदिन बढि रहेकोमा यसलाई रोक्नको लागि कुनै निश्चत तहको पढाई पुरा गरे पश्चात विद्यार्थीले रोजगारी पाउने अबस्था खडा गर्न सकेमा केहीहदसम्म विदेशिने नेपालीको संख्या कम हुने थियो ।

पढाईलाई मुल मन्त्र जसले राम्ररी पढछ, उसले सदेशमा राम्रो रोजगारी पाउनेछ । विगत सातवर्षदेखि न्यायालयमा सर्वसाधारणको सम्पर्क हुने मध्यस्तरको जनशक्ति तयार पार्न कक्षा ११ र १२ मा विज्ञान, ब्यवस्थापन, ब्यापर तथा बाणिव्य, कानून तथा न्याय र कम्प्युटर साईन्सको पढाई हुँदै आएको छ भने यस वर्षबाट स्नातक तह संचालन गर्ने तयारी गरेको छ ।

स्नातक तहमा विद्यार्थीको सिर्जनशीलतालाई सकेसम्म व्यवहारिक बनाउन सकियोस् भनेर करियर काउन्सिलिङ, कमजोर विद्यार्थीलाई सिकाई सहजीकरण कक्षा साथै पृष्ठपोषण, अभिभावकसँगको नियमित सम्पर्क, जिम्मेवारपूर्ण सिकाइका लागि अनुभवी शिक्षक, विषय विशेषज्ञको विज्ञतालाई प्रयोग गर्दै व्यवस्थापन संकाय तर्फ निम्न विषयहरु पढाई हुन्छन।’ क्याम्पसबाट उत्पादित विद्यार्थीहरु विभिन्न क्षेत्रमा ब्यवस्थापनका लागि सहजिकरण गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।