भोली भाद्र ८ गते शनिबार श्रीखण्डपुरमा भिमसेन जात्रा, बनेपामा सुकुल भोज
श्रीखण्डपुर/धुलिखेल नगरपालिका वडा नम्वर ५ श्रीखण्डपुरमा भाद्र ८ गते शनिबार भिमसेन जात्रा हुने भएको छ । वडा अध्यक्ष प्रमोदसुन्दर श्रेष्ठले भिमसेन जात्राको सम्पूर्ण तयारी सकिएको जानकारी दिए ।
केहि दिन अघि भिमसेन मन्दिरको प्रतिमालाई भब्य रुपमा श्रीखण्डपुरमा भित्र्याउँदै पुजा गरिएको थियो । धुलिखेल नगरपालिकाले उक्त प्रतिमाका लागि आर्थिक सहयोग गरेको थियो । शनिबार हुने जात्राको तालिम र समय सार्वजनिक गरिएको छ । भिमसेन मन्दिरबाट शुरु हुने जात्रा दिउसो ४ बजे शुरु हुनेछ ।
भिमसेन जात्रा गुठी, धुलिखेल नगरपालिका वडा नम्वर ५ र श्रीखण्डपुर चाडपर्व ब्यवस्थापन समितिले उक्त जात्राको ब्यवस्थापन तथा संयोजन गर्ने वडा अध्यक्ष प्रमोद सुन्दर श्रेष्ठले बताए । श्रीखण्डपुरमा बैशाख महिनामा विस्केट जात्रा तथा विभिन्न चाडपर्वमा जात्रा तथा पर्वहरु मनाउने क्रम चलिरहेको छ ।
बनेपामा काभ्रे उद्योग बाणिज्य संघले भिमसेन जात्राको अवसरमा सुकुल भोजको आयोजना गरिएको अध्यक्ष प्रताप बैद्यले बताए ।






