धुलिखेल नगरपालिकामा भदौ १४ गते तीज विशेष कार्यक्रम

धुलिखेल/धुलिखेल नगरपालिकाले हरितालिका तीजको अवसर पारी भदौ १४ गते शुक्रबार तीज कार्यक्रम आयोजना गरेको छ । नगरपालिकामा आयोजना हुने तीज कार्यक्रमको पुर्व तयारी बैठकहरु आयोजना गरिएको सामाजिक विकास समितिका संयोजक एवं वडा अध्यक्ष गणेश आचार्यले जानकारी दिए ।

गत वर्षहरुमा जस्तै यो वर्ष पनि हरेक वडाबाट तीज कार्यक्रमका लागि महिलाहरुको सक्रियता सहभागिता गराईनेछ । सहभागिहरुबाट उत्कृष्टलाई पुरस्कृत पनि गरिनेछ ।

तीज विशेष कार्यक्रमको पुर्व तयारीका लागि नगर प्रमुख अशोक ब्याञ्जु, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र राना मगर, सामाजिक विकास समितिका संयोजक गणेश आचार्य, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बैठकले तीज कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न जिम्मेवारीहरु बाँडफाँडका साथै तयारीलाई तिब्र बनाउने निर्णय गरेको छ ।