पलाञ्चोक भगवतीमा अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता

पाँचखाल/पलाञ्चोक भगवती माध्यमिक विद्यालयको आयोजानमा पाँचखाल नगरस्तरीय अन्तर मावि हाजिर जवाफ प्रतियोगिता गरिएको छ ।

प्रतियोगितामा आजाद माध्यमिक विद्यालय प्रथम, नमस्ते ईङ्गलिस माध्यमिक विद्यालय दोस्रो र गणेश माध्यमिक विद्यालय तृतिय तथा भगवती माध्यमिक विद्यालय सान्तवना भएका छन् ।

उत्कृष्ट विद्यालयका विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले पुरस्कार वितरण गरेका थिए ।

उत्ष्टलाई बधाई दिदै खरेलले यस्ता कार्यक्रमले विद्यार्थीहरुको प्रतिभा, क्षमतामा बृद्धि हुने बताए । विद्यार्थीलाई पढाई सगै अन्य अतिरिक्त क्रियाकलाप र ब्यबहारिक शिक्षा दिनु पर्ने उनको भनाई छ । प्रतियोगितामा पाँचखाल नगरपालिकाका १८ वटा विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगितामा नगरपालिकाका निमित्त प्रसाशकिय अधिकृत उदय प्रसाद कोईराला, वडा नम्बर ९ का वडा अध्यक्ष रामकाजी श्रेष्ठ, वडा नम्बर ४ का वडा अध्यक्ष सुन्दर तामाङ, वडा नम्बर ३ का वडा अध्यक्ष शुन्दर अधिकारी, वडा नम्बर ७ का वडा अध्यक्ष रामशरण दंगाल लगाएतको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा स्थानिय समाजसेवी शिक्षा प्रेमी स्व गोपाल बहादुर पौडेलको दोस्रो वार्षिक स्मृतिमा उनका छोराहरु विक्रम पौडेल र राजेन्द्र पोडेलले सहयोग गरेका थिए । प्रतियोगिता विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष उज्वल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।