आगामी मंगलबारसम्ममा नेटवर्कबाट चल्नेछ टिकटक

आगामी मंगलबारसम्ममा नेपालका सबै इन्टरनेट प्रदायकको नेटवर्कमा सामाजिक सञ्जाल टिकटक चल्ने भएको छ। त्यसका लागि टिकटकका प्रतिनिधिले काम गरिरहेका छन्।

आइतबार नै सबै काम सकिएमा बेलुकादेखि चल्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

नेपाल सरकारले भदौ ६ गते टिकटक प्रतिबन्ध फुकुवा गरे पनि सबैतिर अझै चलेको छैन।

टिकटकका प्रतिनिधिले शुक्रबार ९भदौ ७० मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग भेट गरेर सरकारले अघि सारेका चारवटै सर्त पालना गर्न तयार रहेको प्रतिबद्धता जनाएको छ।

सामाजिक सञ्जाल सञ्चालनका लागि मन्त्रालयमा सूचीकरण गर्न र सूचीकृत भएको सामाजिक सञ्जालको उपदफा ६ अनुसार सम्पर्कविन्दु केही दिनमै तोकिने टिकटकले सरकारलाई जानकारी दिएको छ। भदौ ९ गते बेलुकासम्म सरकारका सबै सर्त कार्यान्वयन गराइसक्ने बताइएको छ ।

सरकारले अघि सारेको पर्यटन प्रबद्र्धनमा सहयोग गर्नुपर्ने, डिजिटल साक्षरताका लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र नेपाली भाषा र मातृभाषाको प्रयोग नियमन गर्ने अर्थात् जे कारणले टिकटक बन्द गरियो भन्ने भएको छ, त्यो हुन नसक्नेगरी भाषा मिलाउनुपर्ने सरकारको सर्त पालना गर्न तयार रहेको टिकटकले जनाएको छ।