पनौतीमा अचेत छन् ‘ममता’का आफन्त

मोतीराम/विकास तिमल्सिना
पनौती, काभ्रे
अमेरिका बस्दै आएकी छोरी ममताको हत्याको खवरले काभ्रेपलाञ्चोक जिल्ला पनौती ६ निवासी ममता काफ्लेका आफन्त अचेत भएका छन् । ‘खवर सुने लगत्तै ममताका बाबु, आमा, दाई र बहिनी लगायतका आफन्त भावविव्हलसँगै अचेत छन्’–वडा अध्यक्ष भिमसेन आचार्यले भने–‘सामाजिक सञ्जालमा आउने अनेकथरी टिकाटिप्पणी तथा फरक फरक ब्यक्तिहरुले सुनाएका र सोधेका प्रश्नहरुले ममताका आफन्त थप मानसिक तनावमा देखिन्छन् ।’
छोरी ममतालाई ज्वाई नरेश भट्टले हत्या गरेको आमा गिताकुमारी काफ्लेले बताईन् । ‘२०८१ साउन १६ अथार्त जुलाई ३० तारेखका दिन छोरी ममतासँग कुरा भएको थियो’–आमा गिताकुमारी काफ्लेले भनिन–‘त्यहि दिनको कुराकानी नै छोरीसँगको संवाद अन्तिम बन्यो ।’ अमेरिकामा ३१ जुलाईका दिन ममता घर भित्र पसेको फुटेज प्रहरीले फेला पारेको थियो । घर भित्र पसेकी ममता घर बाहिर निस्किएको कुनै रेर्कड फेला नपरेपछि प्रहरीले श्रीमान नरेशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको हो । ममताको शव फेला परेको अमेरिकाको प्रहरीले आधिकारिक पुष्टी नगरे पनि नेपाली समुदायले भने ममताको हत्या गरेर घर भित्रै शव पुरेको अवस्थामा फेला परेको जानकारी दिएका छन् ।
ममतासँग हरेक दिन जस्तै कुराकानी गर्ने आमा गिताकुमारीले नेपालबाट ३१ तारेखमा फोन गर्दा उठेन । लगातार १,२ र ३ तारेखमा फोन गरिन् लागेन । ३ तारेखमा ज्वाईलाई गरिन फोन उठाएनन् । त्यस लगत्तै नेपालमा रहेका नरेशका भाईहरु महेश र भुपेन्द्रलाई फोन गरेर सोधिन् । मतलव नभएको जस्तो गरी ओठे जवाफ फर्काए । तत्कालै ज्वाई नरेशलाई भ्वाईस म्यासेज पठाईन् । धेरै दिन म्यासेज हेरेनन् । ५ तारेखका दिन छिमेकी सुनिता भण्डारीलाई फोन गरेर आमा गिताकुमारीले छोरीको खवर बुझिदिन अनुरोध गरिन् । सुनिताले नरेशलाई भेटेर खवर गरे पछि मात्रै भ्वाईस म्यासेज पठाउँदै छोरीले आधारभुत सामान समेत लिएर निस्किएकाले थाहा नभएको बताए । साथै छोरी हेरेर घर भित्रै बस्नु पर्ने भएकाले खोजविन गर्न नसकेको जवाफ दिए । छोरी सुत्केरी भएका बेला सहयोग गर्ने सरिता न्यौपाने र उनका श्रीमान सहितले छोरी ममता धेरै दिन देखि घर भित्र बाहिर नगरेकाले प्रहरीलाई खवर गरेको जानकारी गराए ।
ज्वाई नरेशले भने निरन्तर ढाँटिरहे । आमा गिताकुमारीले ज्वाईलाई छोरी मा¥यौ कि ? क्या हो भन्दा सियो हो र ? भन्दै जवाफ फर्काएका थिए । पनौती ६ का वडा अध्यक्ष भिमसेन आचार्यले समेत नरेशलाई फोन गरेर ममताका बारेमा बुझेका थिए । उनलाई पनि त्यस्तै जवाफ फर्काएका थिए । नेपाली समुदायको निरन्तरको दवाव पछि त्यहाँको प्रहरीले नरेशलाई पक्राउ गरेको छ । छोरीलाई छिमेकी सरिता न्यौपानेले रेखेदख गरिरहेकी छिन् । नरेशकी आमा बुहारी सुत्केरी स्याहार्न गएको बखत पनि नरेशले ममतालाई हिंसा गरेर घरबाट निकालेका थिए । मन्दिर छोएर भाकल गरी आईन्दा त्यस्तो नगर्ने शर्त गरे पछि मात्रै ममता घरमा फर्किएकी थिईन् । नरेशले आमालाई नेपाल फर्काएर, आफुले चढेको गाडी समेत विक्री गरिसकेका थिए । योजनाबद्ध रुपमा घर विक्रीका लागि केहि नेपाली समुदायका ब्यक्तिहरुलाई भनिसकेका थिए । ममताको हत्यासँगै उनी भारत जाने तयारी गरेको खुलासा भएको छ ।
ममताको जन्म घर पनौती ६ नमोबुद्ध रोड काभ्रेपलाञ्चोक हो । उनको पुख्र्याैली घर काभ्रेपलाञ्चोक जिल्लाको साविक गोकुले गाविस हालको महाभारत गाउँपालिका वडा नम्वर २ हो । ३० वर्ष अघि गोकुलेबाट पनौती आएर मजदुरी शुरु गरेका ममताका बाबु आमाका तीन सन्तान छन् । पहिलो छोरा र दुई छोरी । उनी दोश्रो सन्तान पहिलो छोरी हुन् । स्थानीय विद्यालय नवरत्न माविबाट एसएलसी उर्तिण गरी बनेपाको बेलरबाट कक्षा १२ उर्तिण सकेकी ममताले पैसा तिरेर नै बैगलोरमा रहेको नर्सिङ्ग कलेजको उत्कृष्ट विद्यार्थीका रुपमा नर्सिङ्ग विषयमा उर्तिण भएकी थिईन । तर उनले उत्कृष्ट भए बापत छात्रबृत्ति प्राप्त गरिन् । २०७७ मसिंरमा बैतडी जिल्ला घर भई महेन्द्रनगर बेलडाँडीमा बसोबास गर्दै आएका नरेश भट्टसँग विवाह भएको थियो । उनी परिवारका जेठा सन्तान थिए । २०७८ साउन १० गते अमेरिका गएकी ममता कहिल्यै फर्किनन् । परिवारलाई खुशी बनाउने सपना बोकेर नर्सिङ्ग विषय मार्फत विरामीहरुको सेवामा दत्तचित्त भएर लाग्ने प्रण गरेकी ममताले अमेरिकाको अस्पतालमा काम गरिरहेकी थिईन् । विरामीहरुको सेवा गर्दा गर्दै आफै संकटमा रहँदा पनि उनले परिवारलाई दुख साटेकी थिईनन् ।
ममताको हत्याको खवरले परिवारका सबै सदस्य र आफन्तहरु भावविव्हल सहित अचेत छन् । ‘के गर्ने ? के नगर्ने ? सोच्न सकिएको छैन’वडा अध्यक्ष आचार्यले भने–‘नेपाली दुतावास र अमेरिकामा रहेका नेपालीहरु तथा त्यहाँको दुतावास र अमेरिकाको सरकारको नियम अनुसार ममताको शव र बच्चाको अवस्थाका साथै उनिहरुको दायित्वका बारेमा निर्णय लिने छौं ।’ ममताका आफन्तलाई वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरु र छिमेकीहरुले सान्त्वना दिईरहेका छन् ।