पनौतीमा बन्जारा बन्जाडे समाजको तीज विशेष कार्यक्रम
पनौती/पनौतीमा बञ्जारा बन्जाडे समाज नेपालको केन्द्रिय समितिले तीज विषेश कार्यक्रम आयोजना गरेको छ । मौलिक तीज गित प्रतियोगिताको आयोजना गरेको उक्त समाजले प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत गरेको थियो ।
केन्द्रिय अध्यक्ष गिता तिमल्सिना बञ्जाराको अध्यक्षता र पनौती नगरपालिका उपप्रमुख गिता बञ्जाराको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रिय समितिका पदाधिकारीहरु, विभिन्न प्रदेश र जिल्लाबाट प्रतिनिधित्व गर्ने बन्जारा बन्जाडे समुहका प्रतिनिधिहरु र विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेका समुहका प्रतियोगिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा उपाध्यक्ष तारा बञ्जाराले स्वागत गरेकी थिईन् । कार्यक्रममा गायक रामहरी न्यौपाने, विनोद बञ्जारा र शुशिला बञ्जाडे निर्णायक भूमिकामा थिए भने गायिका आशा लामाले मनोरञ्जनात्मक गितहरु प्रस्तुत गरेकी थिईन् । प्रतियोगितासँगै दर खाने कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा जेष्ठ नागरिक तथा विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने बन्जारा बन्जाडेहरुको सहभागिता रहेको थियो ।