तेस्रो विश्वशान्ति यात्रा काभ्रेमा हुने

काभ्रे/ मानवतावादी नेपालको आयोजनामा शान्ति र अहिंसाका लागी विश्व शान्ति यात्रा २०२४÷२०२५ काभ्रेको बनेपा नगरपालिका, धुलिखेल नगरपालिका, पनौती नगरपालिका र काठमाडौ विश्वविद्यालयमा हुने भएको छ ।
शान्ति र अहिंसाका लागी विश्व शान्ति यात्र यस अघि २००९ मा पहिलो, २०१९ मा दोस्रोपटक भएको थियो भने २०२४ अक्टोबर २ देखी २०२५ जनवरी ५ सम्म तेस्रो पटक आयोजना गर्न लागिएको हो । हातहतियाररहित शान्ति समाजको कल्पना गरी विश्वशान्ति यात्रालाई नेपाल सहित विश्वका ९७ देशका ब्यक्तिहरुको सहभागिता रहेको नेपालका लागी कार्यक्रम संयोजक तुलसी सिग्देलले जानकारी दिईन् ।
काभ्रेको बनेपा हुने उक्त यात्रालाई बनेपा नगरपालिकाले भब्य स्वागत गर्ने भएको छ । नगर प्रमुख शान्तिरत्न शाक्य र अस्ट्रेलियका डेक्लर हेग ले भेटमा उक्त कुरा बताएका हुन् । नगर प्रमुख शाक्यले हरेक ब्यक्ति, समुदाय मिलेर विभिन्न स्थानबाट भेदभाबरहित शान्तिपुर्ण समाजको विकास गरी नगरमा सुमुधुर सम्बन्धको विकास गर्न उक्त कार्यले थप सहयोग गर्ने बताए ।

कार्यक्रमका लागि नगर प्रमुख शाक्यले नगरको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । उक्त कार्यक्रमको उदेश्य युद्ध र हातहतियाररहित विश्वको परिकल्पनालाई साकार रुप दिन, विश्वका हरेक ब्यक्तिको संरक्षण संयुक्त राज्यले गर्नु पर्ने, भोकमरीलाई विश्व ईतिहासबाट अन्त्य गर्नेु पर्ने, मानबता भन्दा माथि अरु केहि छैन र अहिंसाको शक्तिले विश्व बदल्न सकिने बताईएको छ ।
शान्ति यात्रामा सहभागी हुनका लागी सघं सगंठनकहरु, ब्यक्ति, समुह, विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरु सहभागि हुन सक्ने कार्यक्रम संयोजक तुलसी सिग्देलले बताईन् । हरेक राज्यको राजनितिक, शैक्षिक क्षेत्र र भावि पुस्तालाई शान्ति र अंिहसााको संस्कारको विकास कसरी ल्याउन सकिन्छ भन्ने तर्फ चिन्तित रहेको अबस्थामा उक्त कार्यक्रमले सहयोग पुग्ने सिग्देलको भनाई छ ।
सुरक्षाका नाममा हुने अणविक तथा अन्य जघन्य हातहतियार जन्य सामाग्रीको उत्पादन विक्रि वितरण, संग्रह, ओसार पसार तथा प्रयोग जस्ता कार्य गर्न बन्देज गर्न सबै प्रकारका सम्झौतामा हस्ताक्षर गर्ने पक्षमा हाल सम्म १ सय वटा नगरपालिकाहरुले आफ्नो शहरलाई हातहतियाररहित शासनको शहर घोषणा गरिसकेका सिग्देलले बताईन् ।

काठमाडौ महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका लाई हातहतियाररहित बनाउन र अन्य शहरलाई समेत उक्त कार्य गर्न अनुरोध गरेको छ ।
कार्यक्रममा कार्यक्रम संयोजक कबिरकुमार रजिंत, काभ्रेकी कार्यक्रम संयोजक एलिशा महत लगएतको उपस्थिती रहेको थियो ।