बुडोल सामुदायिक साकोसका सुरक्षा सहयोगीलाई क्षमता विकास तालिम
बनेपा ÷ बुडोल सामुदायिक साकोसका सुरक्षा सहयोगीलाई क्षमता विकास तालिम दिइएको छ । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ, जिल्ला कार्यसमिति, काभ्रेपलाञ्चोकको प्राविधिक सहयोगमा संस्थामा सुरक्षा सहयोगी पदमा कार्यरत कर्मचारीहरुको क्षमता विकास गर्ने उद्देश्यले तीन दिने सुरक्षा सहयोगीहरुको क्षमता विकास तालिम सम्पन्न भएको हो ।
तालिमको उद्घाटन संस्थाका अध्यक्ष कैलाश केसीले गरेका थिए । तालिममा संस्थामा सुरक्षा सहयोगी पदमा कार्यरत कर्मचारीहरु तथा पर्यवेक्षकको रुपमा सेवाकेन्द्र प्रमुखहरुको उपस्थिति रहेको थियो ।
तालिममा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका केन्द्रीय सदस्य तथा बागमति प्रदेश संयोजक मोहन थापाले प्रशिक्षण दिएका थिए । सस्थाका अध्यक्ष कैलाश केसीले सहभागीहरुलाई सफलतापूर्वक तालिम सम्पन्न गरेकोमा प्रमाणपत्र वितरण सहित तालिमको समापन गरेका थिए ।