ज्योति एकेडेमी बनेपामा वक्तृत्वकला
बनेपा/नागरिक साहारा नेपालको आयोजनामा ज्योति एकेडेमी माध्यमिक विद्यालयसँगको सहकार्यमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।
प्रतियोगितामा कक्षा ९ बाट रेवती खत्री प्रथम, कक्षा ९ बाट अरबी तामाङ द्वितीय, कक्षा १० बाट सलिन विष्ट तृतीय र कक्षा ८ बाट आर्जु विष्टले सान्त्वना स्थान हासिल गरेका छन् । मेरो परिकल्पनाको वडा शिर्षकमा वकृत्वकला भएको थियो ।
प्रतियोगितामा बाट विद्यार्थीहरुको क्षमता, नेतृत्व विकासमा सहयोग पुग्ने कार्यक्रमका सभापति तथा विद्यालयका प्रिन्सिपल महेन्द्र विष्टले बताए ।
विद्यालयले विभिन्न समयमा यस्ता अतिरिक्त क्रियाकलापहरु गर्दे आएको विष्टले बताए । पढाईसँगै उनीहरुको क्षमता, नेतृत्व विकास, ब्यबहारिक शिक्षा, विभिन्न खेलुकुद कार्यक्रम हरु विद्यालयले गर्दे आएको विष्टले बताए ।
कार्यक्रममा सामाजिक अभियान्ता केपी खनाल, नृत्यमा विश्व रेर्कड राख्ने सुनेरराई, सहारा नेपालका छेवङ योन्जन लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा निर्णायक मण्डलमा बदन भण्डारी, देवराज बजगाँई लगायत रहेका थिए ।