समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै

काठमाडौं / नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

११ गतेसम्म चल्ने बैठक आज बिहान ११ बजेदेखि थापागाउँस्थित अर्पण बैंक्वेटमा सुरु हुने केन्द्रीय प्रचार समितिले जनाएको छ ।

बैठकमा शपथग्रहण, केन्द्रीय संरचना निर्माण, पार्टी पदाधिकारी चयनलगायतका एजेन्डामा छलफल हुनेछ ।