श्रीकृष्ण प्रणामी सेवा समिति ढुंखर्कको अध्यक्षमा इन्द्रबहादुर

ढुंखर्क/काभ्रेपलान्चोक र श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल इकाई समिती ढुंखर्कको ६ औं अधिबेशन तथा १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रिय सदस्य दिवाकर सन्जेलको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा राजेन्द्र देउजा, रेवतीप्रसाद सापकोटाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेका सचीव सन्तोष बजगाई साथै श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल ललितपुर जिल्ला सदस्य इन्दिरा तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।

अधिबेशनबाट अध्यक्षमा इन्द्रबहादुर तिमल्सिना, निवर्तमान अध्यक्ष भिमसेन तिमल्सिना, उपाध्यक्ष श्यामप्रसाद सापकोटा (धार्मिक), बेदप्रसाद तिमल्सिना (सामाजिक), सचिव शान्तप्रसाद तिमल्सिना, सहसचिव मुकुन्द तिमल्सिना, कोषाध्यक्ष रामशरण तिमल्सिना, सदस्य केदारनाथ तिमल्सिना, बालकृष्ण घिमिरे, सरस्वती दाहाल, गोमा नेपाल, अन्नकुमारी तिमल्सिना, तारनाथ तिमल्सिना, बेदप्रसाद तिमल्सिना चयन भएका छन । सल्लाहकार समितिमा शास्त्री सुदर्शन तिमल्सिना, मिनप्रसाद नेपाल, रमेश तिमल्सिना, तुलसिदास तिमल्सिना, निर्मला तिमल्सिना चयन भएका छन । उक्त कार्यक्रम श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल इकाई समिति ढुंखर्कका अध्यक्ष इन्द्रबहादुर तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो ।