कृष्ण जन्माष्टमीमा इस्कोन बनेपा र पनौतीले गर्दै छन् महा–महोत्सव

बनेपा/नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ पनौती र बनेपाले श्रीकृष्ण जन्माष्टमी महा–महोत्सवको अवसर पारी भाद्र १० गते विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । इस्कोन पनौती र इस्कोन बनेपामा आयोजना गरिएको कार्यक्रममा श्रद्धालु भक्तजनहरुलाई सहभागिताका लागि अनुरोध गरिएको छ ।

भगवानको अभिषेक, दीपदान, भजन किर्तन र झाँकी तथा आरती दर्शनका साथै महाप्रसाद ग्रहणका लागि इस्कोन परिवारले अनुरोध गरेको छ । साथै स्वःइच्छा आर्थिक सहयोग, स्वयंसेवक सहयोग वा अन्नदान, तुलादान तथा कुनै पनि प्रकारको सहयोगका लागि समेत इस्कोन परिवारले अनुरोध गरेको छ । पनौतीका अध्यक्ष प्रदिप सत्यालले कार्यक्रममा सहागिताका लागि अनुरोध गरेका छन् । पनौती ७, कुशादेवी मार्गमा विहान ५ बजे देखि राति १२ बजेसम्म उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष सत्यालले बताए ।

बनेपामा रहेको इस्कोन परिवारले चारदोवाटो भित्र रहेको साविकको चकलेट कारखाना भित्र सहभागि भई कीर्तन, महा अभिषेक, प्रवचन, सांस्कृतिक कार्यक्रम, महाप्रसादम रहेको छ । जिल्ला अध्यक्ष भावना बस्नेतले इस्कोनका पायक पर्ने कार्यालयहरुमा सहभागि भई महा–महोत्सवमा सहभागि हुन अनुरोध गरेकी छिन् ।