काभ्रेमा मोवाईल खरिद–विक्री गर्दा ग्राहकसँग सम्झौता गरिने
बनेपा/बनेपामा रहेका मोवाईल ब्यवसायी र इलाका प्रहरी कार्यालय बनेपा बीच अन्र्तक्रिया आयोजना गरिएको छ । निरन्तर बनेपा क्षेत्रका विभिन्न पसलहरुमा भएको चोरी तथा नजिकिँदो चाडपर्वको अवसरमा हुन सक्ने थप चोरीका घटना हुन नदिन वा चोरी भएमा संलग्न ब्यक्तिहरुलाई तत्काल पक्राउका लागि आवश्यक पर्ने पुर्व सुरक्षा योजनाका बारेमा छलफल भएको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएस्पी लालध्वज सुवेदी तथा काभ्रे मोवाईल ब्यवसायी संघका पदाधिकारी तथा मोवाईल ब्यवसायीहरु सहभागिता रहेको थियो । सहभागिहरुले मोवाईल चोरी भएर विक्री गर्न ल्याउने अवस्था, मोवाईल दर्ता प्रणाली तथा अन्य विषयमा सजग र सचेत रहन अनुरोध गरिएको थियो ।
ब्यवसायीहरुले पुरानो फोन खरीद बिक्री गर्दा ग्राहक सँग सम्झौता फारम भरेर मात्र खरिद बिक्री गर्ने विषयमा प्रहरी र ब्यवसायी बीच सहमति भएको छ । ब्ययसायीहरुलाई फारम अथवा नमुना पत्रका लागि सम्पर्क गर्न काभ्रे मोवाईल ब्यवसायी संघले अनुरोध गरेका छ ।