पनौतीमा सक्रिय महिला कृषि सहकारीको दर खाने कार्यक्रम...

सक्रिय महिला कृषि सहकारी संस्थाले हरितालिका तिजको अवसरमा दर खाने कार्यक्रम आयोजना गरेको छ । पनौती नगरपालिका वडा नम्बर ८ स्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा समुहमा आवद्ध महिलासहित स्थानीयको उपस्थिती रहेको थियो । महिलाहरु तीज गीतमा छमछमी नाचेका थिए । सहकारीमा ५ सय जना महिला आवद्ध छन् ।

सक्रिय महिला सहकारीकी अध्यक्ष सुमित्रा बञ्जाराले महिलाहरुको महान पर्व तीजको अवसरमा संस्कार संस्कृतिको निरन्तरतासँगै महिला हक अधिकारको संरक्षण र शसक्तिकरणको सन्देश दिनका लागि कार्यक्रम आयोजना गरेको बताइन् । उनले महिलाहरुको सक्रियतामा नमूना काम भइरहेको भन्दै अब उद्यममा जोडिन सबैलाई आग्रह गरेकी छन् ।

इस्कोन काभ्रेपलाञ्चोककी अध्यक्ष भावना बस्नेतले सबै बराबर रहेको भन्दै महिला र पुरुषबीच विभिन्न बाहानामा हुने विभेद अन्त्य गर्नुपर्ने बताइन् ।

सहभागी महिलाहरुले महिलाको हक, अधिकारको रक्षाका लागि एकजुट रहेको सन्देश गीत मार्फत दिएका छन । सक्रिय महिला कृषि सहकारीले नारी दिवस, मानव अधिकार, सरसफाई कार्यक्रम लगायतका विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । यस्तै कृषि सामाग्री वितरण, माटो परिक्षण लगायतका कार्यक्रम समेत सहकारीले गर्दै आइरहेको छ ।