क्षितिज बोडिङ्गले गर्यो कन्या तथा कुमार पूजा

बनेपा/ कृष्ण जन्माष्टमीको अवसरमा क्षितिज इङ्गलिश बोर्डिङ्ग स्कूलले पूर्व प्रा.वि. तहका विद्यार्थीहरुलाई कन्या तथा कुमार पूजा गरेको छ ।

कार्यक्रममा विद्यालयका सञ्चालक समिति अध्यक्ष विकास श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदयराम कायष्थ, विद्यालयका संस्थापक संरक्षक गोविन्दलाल प्रधानाङ्ग, विद्यालयका प्रिन्सिपल लिलाधर पौडेल, सञ्चालक समिति सदस्यहरु हरिगोपाल प्रधानाङ्ग, विमलाकुमारी चौलागाई शर्मा, विद्यालयका सहायक प्रिन्सिपल सुनिलकुमार चौधरी रसरिता बञ्जारा, पूर्व प्रा.वि इञ्चार्ज अनिता सापकोटा लगायत विद्यालयका शिक्षक तथा अभिभावकहरुले कन्या तथा कुमारहरुलाई टिका तथा प्रसाद वितरण गरी पूजा पुजा गरेका थिए ।

विद्यालयले उक्त कुमार पुजा कार्यक्रम विगत २ वर्ष देखि सञ्चालन गर्दै आएको प्रिन्सिपल लिलाधर पौड्लालले बताए । विद्यालयले विभिन्न अतिरिक्त कार्यक्रमहरु गर्दे आएको जनाएको छ । कार्यक्रममा २०० कन्या तथा कुमारको सहभागिता थियो ।