इस्कोन बनेपाले मनायो श्रीकृष्णमहा–महोत्सव

बनेपा/नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ बनेपाले श्रीकृष्ण जन्माष्टमी महा–महोत्सवको अवसर विभिन्न कार्यक्रमको आयोजना गरेको छ । नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा श्रद्धालु भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

भगवानको अभिषेक, दीपदान, भजन किर्तन र झाँकी तथा आरती दर्शनका साथै महाप्रसाद ग्रहण गराईएको थियो ।  सहभागिहरुले स्वःइच्छा आर्थिक सहयोग, स्वयंसेवक सहयोग वा अन्नदान, तुलादान तथा कुनै पनि प्रकारको सहयोग गरेका थिए ।बनेपामा रहेको इस्कोन परिवारले चारदोवाटो भित्र रहेको साविकको चकलेट कारखाना भित्र उक्त कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सक्रिय सहभागिता रहेको थियो ।

सोहि अवसरमा बनेपामा रहेको विग केयर अस्पतालले निशुल्क शिविर संचालन गरेको थियो । अस्पतालका रविन कायश्थका अनुसार बहु विशेषज्ञता सहितको सेवामा स्त्री रोग, बाल रोग, हार्ड जोर्नी, सामान्य, नशा रोग लगायत २४ सै घण्टा सेवा उपलब्ध गराउने र विशेषज्ञ सेवालाई प्राथमिकता दिएको कायश्थले बताए ।