धुलिखेल अस्पतालमा जेनोप्लान र मिर्गाैला पत्थरीको उपचारमा अत्याधुनिक प्रविधी

मोतीराम तिमल्सिना
धुलिखेल, काभ्रे
नमुना अस्पतालका रुपमा चिनिएको धुलिखेल सामुदायिक अस्पतालले जेनोप्लान र मिर्गौलाको पत्थरी लगायतकोसमस्याका लागि अत्याधुनिक प्रविधी (थुलियम लेजर प्रविधि) शुरु गरेको छ । अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा सोहि रोगहरुको उपचार विधीका बारेमा जानकारी गराईएको छ ।

जेनोप्लान मार्फत मानिसको मुखभित्रको स्वाब (¥यालको स्वाब) निकालेर त्यसलाई परीक्षण गरेर व्यक्ति विशेषमा वंशाणुगत, पारिवारिक तवरमा सर्ने रोग, क्यान्सर वा अन्य मेटाबोलिक रोगहरु (मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल आदि) लाग्न सक्ने जोखिमको आँकलन गर्न सकिने गाईनेकोलोजिस्ट प्रा. डा.आभा श्रेष्ठले बताईन् ।

मिर्गौलाको पत्थरी फुटाएर निकाल्ने लगायतका पिसाब नलीका समस्याको लागि अत्याधुनिक प्रविधी (थुलियम लेजर प्रविधी)मा अप्टिकल फाइबरयुक्त दूरबिन प्रयोग मुत्रनलीमार्पmत् पठाएर मिर्गौलाका रहेको पत्थरी पत्ता लगाई लेजर प्रविधीबाट मिर्गौलामा रहेको पत्थरीलाई फुटाएर बाहिर निकाल्न थुलियम लेजर प्रविधी प्रयोग गरिने युरोसर्जन डा.सुजन माकजुले बताए ।

जेनोप्लानका बारेमा जानकारी दिदै गाईनेकोलोजिस्ट प्रा. डा. आभाले भनिन – ‘अबको केही वर्ष वा दशकमा के रोग लाग्न सक्छ भन्ने जिज्ञासा छ ? त्यस्तो कुनै जोखिम छ भने त्यसको रोकथामका उपायहरु अपनाउन प्रयास गर्नु पर्छ । यही जिज्ञासाको समाधानको रुपमा जेनोप्लान नामक टेष्ट उपलब्ध भएको छ ।

जेनोप्लान अन्तर्गत मानिसको मुखभित्रको स्वाब (¥यालको स्वाब) निकालेर त्यसलाई परीक्षण गरेर व्यक्ति विशेषमा वंशाणुगत, पारिवारिक तवरमा सर्ने रोग, क्यान्सर वा अन्य मेटाबोलिक रोगहरु (मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल आदि) लाग्न सक्ने जोखिमको आँकलन गरिन्छ । यसरी समय कुनै रोग वा स्वास्थ्य समस्या लाग्न सक्ने जोखिम थाहा पाएपछि निश्चय पनि रोकथामका उपायहरु गर्न सकिन्छ । रोकथामका उपायहरु अपनाउन थालेको खण्डमा वा आफ्नो दैनिकी वा जीवनशैलीमा परिवर्तन ल्याएको खण्डमा निश्चयपनि ती घातक वा दीर्घरोग लाग्न पाउँदैन वा त्यसलाई समयमै सम्बोधन गर्न सक्यो भने लामो आयु बाँच्न सकिन्छ । धुलिखेल अस्पतालले हालै यही जेनोप्लान टेष्टको सेवा थालनी गरेको छ ।’

मिर्गौलाको पत्थरी लगायतका समस्याका लागि अत्याधुनिक प्रविधी (थुलियम लेजर प्रविधि)का बारेमा जानकारी दिदै युरोसर्जन डा. सुजन माकजुले भने –‘मिर्गौलाको पत्थरी फुटाएर निकाल्ने लगायतका पिसाब नलीका समस्याको लागि अत्याधुनिक प्रविधी (थुलियम लेजर प्रविधी) मा अप्टिकल फाइबरयुक्त दूरबिन प्रयोग मुत्रनलीमार्पmत् पठाएर मिर्गौलाका रहेको पत्थरी पत्ता लगाई लेजर प्रविधीबाट मिर्गौलामा रहेको पत्थरीलाई फुटाएर बाहिर निकालिन्छ ।

यो इण्डोस्कोप पिसाब खुल्ने प्वालबाट छिराई मिर्गौलासम्म पु¥याउन सकिने भएकोले पेटमा कुनै घाउ बनाई राख्नु पर्दैन । मिर्गाैलाको पत्थरीको अलावा पिसाब थैलीमा मासु पलाउने समस्या (ट्युमर), प्रोस्टेट ग्रन्थि सुन्निने समस्यामा प्रोस्टेट ग्रन्थि खुर्किने कामका लागि पनि यो प्रविधी निकै उपयुक्त छ । यस अघिका अन्य लेजर प्रविधी भन्दा थुलियम लेजर प्रविधीले छिट्टै काम गर्न सकिने भएकोले अस्पतालको बसाई पनि छोटो हुन्छ । यसका साथै फुटाइएको पत्थरी पनि बालुवा सरह हुने भएकोले उपचारपछि पत्थरी अड्किने तथा पिसाबमा रगत देखिने, पिसाब रोकिने, पिसाब संक्रमण हुने जोखिम पनि निकै कम छ ।’


अस्पतालमा कार्यरत प्रवक्ता एवं बरिष्ठ स्त्रि रोग विशेषज्ञ प्रा.डा सुमनराज ताम्राकारका अनुसार अस्पतालले पछिल्लो समय नयाँ प्रविधी सहितका उपकरण मार्फत विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ । अधिकांश रोगको उपचार स्वास्थ्य बीमा मार्फत गराउने प्रयत्न गरिएको छ भने बीमाबाट नसमेटिएको अवस्थामा पनि कम शुल्कमा उपचार गर्ने गरी शुल्क निर्धारण गरिएको डा.ताम्राकारले बताए ।