सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री दीर्घ सोडारी नेकपा एसको सचिवमा पराजित

काठमाडौं/सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री दीर्घ सोडारी नेकपा एकीकृत समाजवादीको सचिव पदमा पराजित भएका छन् । उनले ५३ मत मात्रै पाए ।

दलको नेता भन्दा बढी मत दलका सदस्य नरेश शाहीले पाए । उनी पनि नेकपा एसको खुल्ला पदका उम्मेदवार बनेका थिए । सोडारी कैलालीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने शाही बाजुराबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

५ सचिवका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए ।