श्रीखण्डपुरमा कृष्णजन्मअष्टमी जात्रा तथा कन्यापूजा

श्रीखण्डपुर/श्रीखण्डपुरमा परापूर्वकाल देखी मनाउदै आएको कृष्ण जन्माष्टमी जात्रा तथा कन्यापुजा सम्पन्न गरेको छ ।

धुलिखेल नगरपालिका वडा नम्बर ५, श्रीखण्डपुर चाडपर्व ब्यबस्थापन समिति तथा कृष्णजन्माष्टमी पर्व गुठीको आयोजनामा भएको उक्त कार्यक्रममा ६ सय ५० जना कन्या पुजा गरी समापन भएको छ । वडा अध्यक्ष प्रमोदकुमार श्रेष्ठका अनुसार प्रत्येक वर्ष मनाउदै आएको उक्त कृष्ण जन्माष्टमीलाई र कन्यापुजालाई आगामी वर्षहरुमा समेत निरन्तरता दिने बताए । धर्म र संस्कृतीको संरक्षण र जर्गेना गरी निरन्तर चल्दै आएको चाडपर्वहरुलाई चलाईरहने वडा अध्यक्ष श्रेष्ठले बताए । रजश्वला नभएका तथा बेल विवाह नगरिएका कन्याहरुलाई पुजिने ब्यक्ति निरोगी भई मनले चिताएको पुग्ने मान्यता रहेको वडा अध्यक्ष प्रमोद कुमार श्रेष्ठले बताए ।

कार्यक्रममा चाडपर्व ब्यबस्थापन समितिका अध्यक्ष हरिगोपाल प्रधानाङ्ग, वडा सदस्यहरु, कार्यपालिका सदस्य, स्थानीय ब्यक्तिहरुको उपस्थिति रहेको थियो । साथै कृष्ण जन्माष्टमीको दिनमा कथा बाचन तथा जात्रा निकालिएको थियो ।