बनेपामा भदौ १३ गते बजार प्रर्बद्धन मेला तथा लोकगीत प्रतियोगिता हुने
बनेपा/बनेपा नगरपालिकाको आयोजनामा तिजको अबसरमा बनेपाको लायकुरजमञ्जमा भोलि भाद्र १३ गते बिहिबार शुभकामना आदान प्रदान तथा महिला उद्यमिहरुबाट उत्पादित सामाग्रीको बजार प्रर्बद्धन मेला तथा खुल्ला लोकगीत प्रतियोगिता २०८१ हुने भएको छ ।
महिला उद्यमी बढाँउ, समृद्ध नगर बनाउँ भन्ने मुल नाराका साथ नगरले विभिन्न समयमा दिएका समुह तथा महिला उद्यमीहरुलाई सिकाएको सिप बाट उत्पादित सामाग्रीहरुको प्रर्दनशी समेत गरीने नगरपालिका उप प्रमुख तथा कार्यक्रम संयोजक विमला सापकोटाले बताईन् । नगर भित्र रहेका सम्पुर्ण महिला उद्यमीहरुलाई सहभागि हुनका लागी नगरपालिकाले आग्रह गरेको छ । मेलामा ६० वटा स्टलमा महिलाद्धारा उत्पादित लप्सी क्यान्डी, कपडा, झोला, जुत्ता, बुनाई, कृष्टल पोते, मह, ढाका बुनाई, ब्याग, योमरी, हाते सामाग्री, खाध्य कृषि, साबुन, हातले काटेको बत्ती, कस्मेटीक पाउडर, नेवारी खाजा, साडी, सेनेटरी प्याड लगाएतका विभिन्न सामाग्रीहरुको स्टल बस्ने भएका छ । खुल्ला लोकगीत प्रतियोगितामा १५ वटा टिमले भाग लिने जनाएको छ ।
नगरपालिकाले प्रथम हुनेलाई नगद १० हजार, द्धितियलाई ७ हजार तृतियलाई ५ हजार र सान्त्वनालाई ३ हजार ५ सय र प्रमाणपत्र दिने बताएको छ । महिला दिदिबहिनीहरुलाई आत्मनिर्भर र ब्यबसायी बन्नका लागी नगरपालिकाले विभिन्न सिपमुलक तालिमहरु नगरपालिकाले प्रदान गर्दे आएको छ । उक्त कार्यक्रमबाट महिला दिदिबहिनहरुमा भएको प्रतिभा र क्षमतामा बृद्धि हुने विश्वास लिईएको नगर उपप्रमुख विमला सापकोटाले बताईन् । तिजलाई भड्कीलो भन्दा अबसरका रुपमा लिई रमाईलो सगै सिपलाई समेत ब्यबहारमा उतार्न सहयोग पुग्ने विश्वास लिईएको सापकोटाले बताईन् ।






