काठमाडौ विश्वविद्यालयबाट २ हजार ३ सय १४ विद्यार्थीदी क्षित हुँदै
धुलिखेल/काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहको दोश्रो चरणको दीक्षान्त समारोह शुक्रबार भाद्र १४ गते हुने भएको छ । दीक्षान्त समारोहका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपकुलपति प्रा.डा.भोला थापा, रजिस्ट्रार प्रा.डा.अच्युत वाग्ले, विभिन्न विभागहरु, डिनहरु, प्रवक्ता एक्कुमाया पुन, दिनेश काफ्ले लगायतले विश्वविद्यालयको दीक्षान्त समारोहका बारेमा जानकारी गराएका थिए ।
२ हजार ३ सय १४ जना विद्यार्थीहरुलाई दीक्षित गराउन प्रधानमन्त्री तथा कुलपति ओली धुलिखेल आउने छन् ।२०८१ श्रावण ३० गते सम्पन्न काठमाडौ विश्वविद्यालय सभाको ९७ औ बैठकबाट उक्त दिन दीक्षित हुने विद्यार्थीहरुलाई उपाधि प्रदान गर्न ग्रेस–लिस्ट स्वीकृत गर्ने निर्णय गरेको थियो । काठमाडौ विश्वविद्यालयले स्नातक र सो भन्दा माथिका तहका परीक्षा उर्तिण गरिसकेका विद्यार्थीहरुलाई सम्वन्धित तहको शैक्षिक उपाधी प्रदान गर्न २९ औ दीक्षान्त समारोहको दोश्रो चरणको कार्यक्रम आयोजना गरेको हो । स्कुल अफ आर्टस, एजुकेशन, इँिन्जनियरिङ्ग, म्यानेजमेन्ट, मेडिकल साईन्सेज र साईन्स विद्याका २ हजार ३ सय १४ जना विद्यार्थी सोहि दिन दीक्षित हुनेछन् । दीक्षित हुने मध्ये १ हजार १ सय ८६जना अथार्त ५१.२५ प्रतिशत छात्र र १ हजार १ सय २८जना अर्थात४८.७५ प्रतिशत छात्रा रहेका छन् ।
अमेरिका, मेक्सिको, डेनमार्क, चीन, भुटान, इजरायल, जर्मनी, भारत, माल्दिभ्स, श्रीलंका, कजाखस्थान, सिङ्गापुर, अर्जेन्टिना, भियतनाम, ब्राजिल, फिनल्याण्ड, स्वीडेन, प्यालेस्टाईन र सुडान लगायतका १९ देशका २ सय ४२ अर्थात १०.५ प्रतिशत छन् । विश्वविद्यालयबाट हालसम्म ४५ हजार ४ सय ३७ जना उर्तिण भएका छन् । सभामा कुलपति प्रधानमन्त्री ओली, सह कुलपति शिक्षामन्त्री विद्या भट्टराई लगायत सहभागि हुनेछन् ।
उक्त समारोहमा स्नातकोत्तर तहमा स्कुल अफ आर्टसमा ४ सिजिपिए ल्याउने सुश्री मिजला चित्रकारलाई चान्सलर स्वर्णपदक, स्कुल अफ साईन्सबाट स्नातक तहमा ४ सिजिपिए ल्याउने भाइस चान्सलर स्वर्णपदक प्रदान गर्नेछ ।
त्यस्तै भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा मनिपाल कलेज अफ मेडिकलका स्वीकार दाहाल, न्हुछेरत्न तुलाधर स्वर्णपदक विराट मेडिकल कलेज विराटनगर, रस्मिता पौडेल, रमेशप्रसाद सिंह स्वर्णपदक स्कुल अफ मेकिडल साईन्सेज अर्जुन दासलाई र स्कुल अफ एजुकेशनबाट महेशनाथ पराजुली स्वर्णपदक सुश्री रनिषा पौडेललाई प्रदान गरिनेछ ।
समारोहमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता रहनेछ । बरिष्ठ संस्कृतिविद डा.जगमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको मन्तब्य सहित उपकुलपति प्रा.डा.भोला थापाको स्वागत मन्तब्य रहनेछ । पत्रकार सम्मेलनमा पछिल्लो शैक्षिक अवस्था, विश्वविद्यालयले भोगिरहेको अवस्था, अस्पताल र विश्वविद्यालयसँगको सम्वन्धका बारेमा जानकारी गराईएको थियो ।