धिमे बाजा सिकेका पनौती एपटारका ३५ युवालाई प्रमाणपत्र
धिमे बजा बजाउन सिकेका पनौती नगरपालिका वडा नम्बर ४ एपटारका युवालाई प्रमाणपत्र वितरण गरिएको छ । धिमे बजा प्रशिक्षणमा सहभागी ३५ युवालाई भव्य समारोहका बीच प्रमाणपत्र वितरण गरिएको हो ।
धर्म, संस्कृतिको संरक्षण गर्ने र नयाँ पुस्तालाई जानकारी गराउने उदेश्यका साथ भिमसेन धिमे खलः ले ३ महिने धिमे बाजा प्रशिक्षण आयोजना गरेको थियो । तालिम समापन कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो भने पनौती नगरपालिका उप–प्रमुख गिता बञ्जाराको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपकप्रसाद दाहाल, वडा सदस्य कुमार बस्नेत, प्रकाश बञ्जारा, सविता थापा, राधिका विश्वकर्मा, वडा सचिव कृष्णकाजी श्रेष्ठ, वडा नम्बर ८ का वडा सचिव राजकुमार श्रेष्ठ, पनौती नगरपालिका वडा नम्बर ४ का बालमैत्री सहजकर्ता ललिता धिताल, भिमसेन धिमे खलःका सल्लाहकार नकुल श्रेष्ठ, पुष्पराज श्रेष्ठ, भिमसेन धिमे खलः व्यवस्थापन समितिका अध्यक्ष प्रचण्ड श्रेष्ठ, लगायत २ सय जना भन्दा बढीको उपस्थिती रहेको थियो ।
तालिमले मोवाईल गेममा झुम्मिने समय सिकाईमा प्रयोग गर्न मद्धत मिलेको भिमसेन धिमे खलः व्यवस्थापन समिति सचिव दिेपेश श्रेष्ठले बताए ।
तालिममा सहभागीहरुले धिमे बाजा प्रशिक्षणले धर्म संस्कृतिको संरक्षणसँगै निरन्तरतामा महत्वपुर्ण भूमिका खेल्ने बताएका छन ।
विशेषगरी नेवार समुदायमा धिमे बाजा खुसीयाली, चाडपर्व, जात्रा लगायतका समयमा विशेष महत्व रहेको छ । विवाह ब्रतबन्धको समयमा पनि बाजा बजाएर देवता स्थल जाने चलन रहेको छ ।






