युवाहरुको सम्मान ‘सशक्तिकरण’ र ‘समृद्धी’को माध्यम बन्नेछ

तपाँईको राजनीतिक यात्राको प्रारम्भ ?
मेरो जन्म साविक रविओपी गाविसमा राजनीतिक परिवारमा भएको थियो । त्यतिबेला राजनीतिक चेतना भर्न गाउँभरिका मानिस आँगनमा भेला भएर, क्यासेट बजाएर जननेता मदन भण्डारीका भाषणहरु सुनाउने गरिन्थ्यो । घरमा राती अबेरसम्म भुमिगत बैठकहरु सञ्चालन हुन्थे । म बुझेर पनि नबुझेर पनि नेताका कुरा सुनिरहेको हुन्थे । अहिले सँम्झिदा लाग्छ त्यतिबेला बैठकमा प्रयोग हुने शब्दहरु गहकिला रहेछन् । मेरो सानो मस्तिष्कले ती कुराहरु बुझ्ने थिएनन । समयक्रम सँगै अगाडि बढ्ने क्रममा नेकपा एमाले पार्टी प्रतिको झुकाव बढ्दै गयो । विभिन्न राजनीतिक अनि सामाजिक परिवर्तन अँगाल्दै निरन्तर सक्रिय भईरहेको छु ।
राष्ट्रिय युवा संघमा कसरी आबद्द हुनुभयो ?
राष्ट्रिय युवा संघमा २०६८ साल देखि मेरो प्रवेश भयो । शुरुमा रविओपी गाउँ कमिटीमा आवद्द भएँ । दुई कार्यकाल गाउँ कमिटीमा रहेर काम गरें । क्षेत्रिय कमिटी सचिव, उपाध्यक्ष हुदै जिल्ला अध्यक्षको जिम्मेवारीमा पुगको हुँ ।
तपाईं निर्वाचित भए पश्चात जिल्ला कमिटी के ग¥यो ?
दशौ जिल्ला अधिवेशनबाट म अध्यक्षमा निर्वाचित भएँ । जिल्ला अधिवेशन निक्कै लामो समय पछिको अधिवेशन थियो । युवाहरुको भावनालाई सम्बोधन हुने किसिमको कार्यक्रम गर्ने निर्णय गरियो र तत्कालै ६ सय युवाको प्रत्यक्ष सहभागिता रहेको फुटसल प्रतियोगिता सम्पन्न गरियो । रक्तदान, वृक्षारोपण, सामाजिक क्षेत्रमा स्वयंसेवकीय भुमिकाहरु सँगै अगाडी बढाउँदै छौं । बनेपा, पाँचखाल, मण्डन, भुम्लु, चौरी लगायतका पालिकाहरुमा अधिवेशन तथा भेला सम्पन्न गरि त्यहाँका कमिटीहरुलाई चलायमान बनाएका छौ । अन्य पालिकाहरुमा पनि अधिवेशन तयारी र छलफल भइरहेका छन । अहिले हामी विभिन्न विधाका फरक क्षमता र फरक भुमिकामा रहेका विभिन्न विधाका उत्कृष्ट युवाहरुलाई सम्मान गर्ने कार्यक्रमको तयारीमा छौ ।
युवा संघ भन्ने वित्तिक्कै जुलुस गर्ने, टायर बाल्ने र उग्र आन्लोलन गर्ने भन्ने बुझाई बदलिएको हो ? पार्टीका जनसंगठनहरु मध्ये विशेसत युवा विद्यार्थीलाई झडा बोक्ने, जुलुस गर्ने, टायर बाल्ने तथा उग्र आन्लोलनका लागि मात्रै प्रयोगमा आउँछन कि भन्ने बुझाई थियो । हिजो कुनै बेला त्यो अवस्था र आवश्यकता पनि थियो । आज परिस्थिती बदलिएको छ । नयाँ संविधान अनुसार गणतान्त्रिक मुलक निर्माणका लागि भएका प्रयासमा हाम्रो पार्टीको अभियान सम्मृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाँक्षा सम्बोधन हुने गरि युवा संघ अघि बढिरहेको छ । युवाहरुको हक हितका लागि, मुलुक परिवर्तनका लागि युवासंघ रचनात्मक र संगठनात्मक कार्यका साथ अघि बढिरहेको छ । राजनीतिक, सामाजिक रुपमा कुनै पनि संयन्त्रद्वारा जनताको अधिकार माथी प्रहार हुने अवस्था रह्यो भने युवा संघ राजनीतिक प्रतिकारका निम्ति सधै तयार छ । अहिले उत्पादन, उद्योग, सिप, रचनात्मक कृयाकलपामा युवासंघ कृयाशिल छ ।
अहिले घोषणा गरिएको युवा सम्मान के हो ? किन गर्दै छ युवा संघले ?
शैक्षिक, कृषी, खेलकुद, कला संस्कृती र साहित्य, वन वातावरण र पर्यटन, उधमशिलता, बैक बितिय, विज्ञान तथा सुचना प्रविधी, पत्रकारिता लगायतका क्षेत्रबाट उत्कृष्ट १५ जना ४० वर्ष मुनिका काभ्रेली युवाहरुलाई युवा संघले सम्मान गर्दैछ । उक्त अभियानमा सहभागी हुन इच्छुक युवाहरुका लागि अनलाइन आवेदनको ब्यवस्था गरिएको छ । भाद्र १६ गतेसम्म फारम भर्न सकिने ब्यवस्था गरिएको छ । २०८१ असोज ३ गते संविधान दिवसको अवसर पारी विशेष समारोहका विच जिल्लाका उत्कृष्ट १५ युवाहरुलाइ सम्मान गरिनेछ । यो कार्यक्रम मार्फत युवाहरुको सशक्तिकरण र समृद्धीको माध्यम बन्ने विस्वास लिएका छौ । कार्यक्रमले युवाहरु समाजका विभिन्न क्षेत्रहरुमा उत्कृष्ट नेतृत्व गरिरहेका छन भन्ने उदाहरण प्रस्तुत गर्नेछ । स्वदेशमै पनि सम्भावना देखाउने कार्यक्रमका रुपमा समेत हामिले लिएका छौ । यस्तै युवाहरुको उत्कृष्ट र प्रेरणात्मक उदाहरणहरुले अरु युवाहरुलाइ समेत हौसला प्रदान गर्नेछ । फाराम भर्न बाँकी युवाहरुले पनि यो कार्यक्रममा सहभागि हुन सक्नु हुनेछ ।
अन्त्यमा युवाहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
सवैभन्दा ठूलो जनसंख्या युवाहरुको छ । ठुला– ठुला परिवर्तनहरु युवाका कारण मात्र सम्भव भएका छन । देश युवाको हातमा छ । आफ्नो अधिकार र सामाजिक दायित्वहरु बुझ्दै दृढईच्छा शक्ति र आत्म विस्वासका साथ अघि बढ्नुस । तपाईहरुको साथमा युवा संघ छ ।
-प्रस्तुती: विकास तिमल्सिना
Your content goes here. Edit or remove this text inline or in the module Content settings. You can also style every aspect of this content in the module Design settings and even apply custom CSS to this text in the module Advanced settings.