बनेपामा करेन्ट लागेर डिस होमका कर्मचारी घाइते

बनेपा नगरपालिका वडा नम्बर ६ स्थित बुडोलमा करेन्ट लागेर एक जना घाइते भएका छन । डिस होममा कार्यरत पनौती नगरपालिका वडा नम्बर ६ का सहदेव सापकोटा करेन्ट लागेर घाइते भएका हुन् ।

विहिबार ११ः३० बजेको समयमा बिजुलीको पोलमा डिस होमको तार जोडेर बाँध्ने क्रममा उनलाई करेन्ट लागेको हो । उनको बनेपाको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । सापकोटाको दाँया हातमा चोट लागेको छ । उनको अवस्था मध्यम छ ।