ममताका श्रीमान् नरेश भट्टको प्रारम्भिक सुनुवाई अस्विकार, निर्णायक मण्डलले मुद्दा हेर्ने

 

नरेश भट्टको प्रारम्भिक सुनुवाई अस्विकार भएसँगै निर्णायक मण्डलले मुद्दा हेर्ने भएको छ ।

ममता काफ्लेका श्रीमानलाई नरेश भट्टलाई अगस्ट २९ मा सुनुवाइको क्रममा प्रिन्स विलियम काउन्टी अदालतका न्यायाधीशले उक्त फैसला गरेका हुन्।

उनलाई धरौटीमा रिहा हुन भट्टका वकिलले राखेको निवेदनलाई अस्विकार गरेका थिए ।

नरेश भट्ट गत सोमबार मनसासको प्रिन्स विलियम काउन्टीको जिल्ला अदालतमा हाजिर भएका थिए । अदालतले उनलाई कारागारमै रहन आदेश दिइएको छ ।

बिगत एक महिनादेखि बेपत्ता भएकी ममता काफ्लेको मनासस पार्क स्थित घरमा मनासस पार्क प्रहरी बिभागका प्रहरीहरु गत मंगलबार दिउँसो अनुसन्धानको लागि त्यहाँ पुगेका थिए ।

प्रहरी प्रमुख मारियो लुगोले थप प्रमाणहरु फेला पारेको र नरेश भट्टले बेचेको टेस्ला गाडी समेत कब्जामा लिएको बताएका थिए ।

३७ बर्षिय नरेश भट्टलाई गत हप्ता मनसास पार्क प्रहरीले गिरफ्तार गरेको थियो र शव लुकाएको आरोपमा एकल वर्ग छ को अपराध गणनामा आरोप लगाएको छ ।

गत सोमबार प्रिन्स विलियम काउन्टीका एक न्यायाधीशले सोमबार नरेश भट्टलाई उडान जोखिम ९फ्लाइट रिस्क ०र समुदायका लागि खतराको संज्ञा दिँदै धरौटी अस्विकार गर्दै कारागारमा राख्न आदेश दिएका थिए ।

मनासास पार्क प्रहरी र प्रिन्स विलियम काउन्टी प्रहरी दुबैका अनुसन्धानकर्ताहरूले ममता काफ्लेको घर करिब १२स्३० बजे देखि मंगलबार दिउँसो ३ बजेसम्म उनीहरु त्यहाँ खोज तलास गरेका थिए ।

अनुसन्धानकर्ताहरूले ममता काफ्लेलाई घरबाट घिसारेर बाहिर निकालिएको र घरमा रगतसहित पर्याप्त प्रमाण रहेको बताएका थिए ।

अदालतमा गत सोमबार अभियोजकहरूका अनुसार भट्टले आफ्नो गिरफ्तारी अघि आफ्नो घर बेच्ने प्रयास गरेका थिए ।

साथैउनले स्यानटिली शहरमा ३ वटा किनेका चक्कु मध्ये दुई वटा अझै हराइरहेका छन्। वकिलहरूका अनुसार भट्टले आफ्नो कामको ल्यापटप प्रयोग गरी “श्रीमतीको मृत्यु पछि विवाह गर्न कति समय लाग्छ” खोज्न समेत प्रयोग गरेको पत्ता लगाएका थिए ।