धुलिखेल फुटबल मैदान निर्माण गर्न एन्फाले दियो १ लाख डलर

अखिल नेपाल फुटबल संघ (एन्फा) ले धुलिखेलमा फुटबल मैदान निर्माणका लागि १ लाख अमेरिकी डलर विनियोजन गरेको छ । भाद्र १३ र १४ गते एन्फा कम्प्लेक्समा बसेको सातौं कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।

धुलिखेल नगरपालिकाको फुटबल खेल मैदान निर्माण गर्न १ लाख अमेरिकी डलर विनियोजन गरिएको अध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग र महासचिव किरण राईद्धारा जारी प्रेस विज्ञप्तीमा उल्ल्ेख छ ।