प्रधानमन्त्री ओली आज धुलिखेल आउँदै

धुलिखेल/प्रधानमन्त्री एवं काठमाडौ विश्वविद्यालयका कुलपति केपी शर्मा ओली आज शुक्रबार धुलिखेल आउने भएका छन् । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहको दोश्रो चरणको दीक्षान्त समारोहमा सहभागि हुने २ हजार ३ सय १४ जना विद्यार्थीहरुलाई दीक्षित गराउन प्रधानमन्त्री ओली धुलिखेल आउन लागेका हुन् ।

२०८१ श्रावण ३० गते सम्पन्न काठमाडौ विश्वविद्यालय सभाको ९७ औ बैठकबाट उक्त दिन दीक्षित हुने विद्यार्थीहरुलाई उपाधि प्रदान गर्न ग्रेस–लिस्ट स्वीकृत गर्ने निर्णय गरेको थियो । काठमाडौ विश्वविद्यालयले स्नातक र सो भन्दा माथिका तहका परीक्षा उर्तिण गरिसकेका विद्यार्थीहरुलाई सम्वन्धित तहको शैक्षिक उपाधी प्रदान गर्न २९ औ दीक्षान्त समारोहको दोश्रो चरणको कार्यक्रम आयोजना गरेको हो । स्कुल अफ आर्टस, एजुकेशन, इँिन्जनियरिङ्ग, म्यानेजमेन्ट, मेडिकल साईन्सेज र साईन्स विद्याका २ हजार ३ सय १४ जना विद्यार्थी सोहि दिन दीक्षित हुनेछन् । दीक्षित हुने मध्ये १ हजार १ सय ८६ जना अथार्त ५१।२५ प्रतिशत छात्र र १ हजार १ सय २८ जना अर्थात ४८।७५ प्रतिशत छात्रा रहेका छन् । अमेरिका, मेक्सिको, डेनमार्क, चीन, भुटान, इजरायल, जर्मनी, भारत, माल्दिभ्स, श्रीलंका, कजाखस्थान, सिङ्गापुर, अर्जेन्टिना, भियतनाम, ब्राजिल, फिनल्याण्ड, स्वीडेन, प्यालेस्टाईन र सुडान लगायतका १९ देशका २ सय ४२ अर्थात १०।५ प्रतिशत छन् । विश्वविद्यालयबाट हालसम्म ४५ हजार ४ सय ३७ जना उर्तिण भएका छन् । सभामा कुलपति प्रधानमन्त्री ओली, सह कुलपति शिक्षामन्त्री विद्या भट्टराई लगायत सहभागि हुनेछन् ।