शैक्षिक उत्कृष्टतमा चण्डेश्वरी सृष्टिकान्त माविको नयाँ अध्याय शुरु
नाला/चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयमा शैक्षिक स्तर र संगठानात्मक प्रभावकारीता बढाउने उदेश्यले आइएसओ २१००१ (२०१८) प्रमाणीकरणका लागि सम्झौता गरिएको छ ।
सामुदायिक विद्यालयतर्फ उक्त कार्य पहिलो हुन सक्ने वताईएको छ । परमर्शदाता एभरेष्ट ईन्टरनेश्नल म्यानेजमेन्ट कन्सल्टेन्सी एण्ड ट्रेनिङ एजेन्सी प्रा.लि काठमाडौ र चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयविच उक्त सम्झौता गरिएको छ ।
विद्यालयको तर्फबाट विद्यालयका प्रधानाध्यापक श्याम प्रसाद पाण्डे र प्रालिका तर्फबाट प्रालि का अध्यक्ष तथा प्रबन्ध निर्देशक शैलेन्द्र कुमार खरेलले नगर प्रमुख शान्ति रत्न शाक्य, उपप्रमुख विमला सापकोटा, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्याम सुन्दर श्रेष्ठको रोहबरमा उक्त हस्ताक्षर गरिएको हो ।
सम्झौतापछि विद्यालयमा उच्चगुणस्तरको शिक्षा सगंठानात्मक ब्यबस्थापनलाई सहयोग पुग्ने प्रध्यानाध्यापक श्याम प्रसाद पाण्डेले बताए । सामुदायीक विद्यालयमा यो खालको सम्झौताले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न महत्वपुर्ण भुमिका खेल्ने पाण्डेले बताए । विद्यालयमा हाल ९ सय भन्दा बढीविद्यार्थीहरु अध्यापन गरिरहेका छन् ।