काभ्रे जिल्लाको सडक पूर्वाधार विकास: इतिहासदेखि वर्तमानसम्म (भाग–२)
(दोश्रो चरणसम्म भाग १ मा प्रकाशित भएको छ ।)
तेश्रो चरण:( वि. सं. २०५१ – २०६३)
काभ्रे जिल्लाको सडक पूर्वाधार विकासको इतिहास हेर्दा २०५१ साल मंसीरको आमचुनाव पश्चात सरकार गठन पछि द्रुतगतीमा सडक विस्तार तथा निर्माण भएको पाइन्छ । भाग १ मा २०५१ साल मंसीर सम्मको इतिहास विस्तार गरिसकिएको छ ।
नयाँ सरकार गठनको शुरुवात सगैँ यस जिल्लाका तत्कालीन सांसद गोविन्दनाथ उप्रेतीको मूख्य नेतृत्वमा, जिल्ला विकास समितिका सभापती कृष्णप्रसाद सापकोटाको समन्वयमा, उपसभापती कान्छाराम तामाङ्ग र इलाका सदस्य मकुन्द गौतमको सकृयतामा जिल्लाको कोशीपारी अन्तर्गत पर्ने दुर्गम १७ गाविस मध्ये भुम्लुटार, भुम्लुसल्ले, चौवास, गोठपानी, धुसेनी शीवालय, पोखरीचौरी, कात्तीकेदेउराली र मादन कुँडारी गरी आठ वटा गाविसको भुभागलाई समेटेर दोलालघाट चौबास मादनकुँडारी दोभानटार (४७ किमी) सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरी तुरुन्तै उपभोक्ता समिती मार्फत मेशीन (बुलडोजर) बाट ट्रयाक खोल्ने काम शुरु गरिएको थियो । जुन सडक करीब चार महिना भित्रै २०५२ असार मसान्तसम्म गोठपानी छेडा सम्म २३ किमी ट्रयाक खोलिएको थियो । व्यापक रुपमा जनप्रतिनिधि र उपभोक्ताहरुको समन्वय र सहयोगमा उक्त सडकको ट्रयाक खोल्ने काम भएको थियो । यो सडक कोशीपारी क्षेत्रकै महत्वपूर्ण विकासको पूर्वाधारको रुपमा उदाएको थियो । २०५२ साल भित्रै मादन कुडाँरीसम्म ४७ कि. मी. ट्रयाक खोली पछिल्लो बर्षहरुमा अन्य आसपासका गा. वि. स. हरु क्रमशः बेखसिम्ले, सानोवाङ्गथली, माझीफेदा, नाग्रगगर्चे, विर्तादेउराली, सापीङ्ग, कोलाँती भुम्लु जोडिदै गएकोे थियो भने सिम्थली गा वि स बाँकी थियो ।
सुनकोशी नदीमा पक्की पुल नहुँदा बस ट्रकहरु डोजरबाट तारेर दोलालघाट पारीबाट कोशीपारी क्षेत्र सम्म मात्रै सञ्चालन हुने गरेको थियो । तत्कालीन सांसद राजेन्द्र खरेल सहितको नेतृत्वको पहलमा २०६२ सालमा पक्की पुल सम्पन्न भएपछि काठमाण्डौबाट सीधा यायायात सञ्चालन शुरु भएको थियो । यो सडक रामेछापको लखनपुर गुराँसे सम्म विस्तार भएको थियो । नेकपा एमालेको नौ महिने अल्पमतको सरकारको पालामा शुरु भएको ‘आफ्नो गाँउ आफैँ बनाऊँ’ कार्यक्रम मार्फत प्रत्येक गा वि स मा रु ३०००००। तीन लाख बजेट विकासका लागि विनियोजनको शूरुवात भयो । पहिलो पटक गा वि स आफैले निर्णय गरी खर्च गर्ने गरी तत्कालीन अबस्थाको ठूलो बजेट (अघिल्लो सरकारको भन्दा ६ गुणा बढि) गा वि स मा प्रवाहित हुन थाल्यो । यो कार्यक्रममा उपभोक्ता समितीबाट निर्माण कार्य गराउने र अनिवार्य रुपमा २० प्रतीशत भन्दा माथि श्रमदान गर्नुपर्ने नियम रहेको थियो । आफ्नो गाँउ आफै बनाउँ (आगाआव) कार्यक्रमलाई जिल्लाको अन्य पूर्वाधार विकास सँगसगैँ ग्रामिण सडक पूर्वाधार विकासको लागि तत्कालीन कोशेढुंगा मान्न सकिन्छ ।
धेरै गा वि स हरुले आगाआव कार्यक्रमको बजेटमार्फत मुख्य सडकबाट आ–आफ्नो गा वि स केन्द्र तथा मूख्य बस्तीहरुसम्म सडक विस्तार गर्न शुरु गरेका थिए । कुनै कुनै सडकहरु एक वा एक भन्दा बढि गा वि स हरु मिलेर संयुक्त रुपमा समेत बन्दै गरेका थिए । जि वि सले एउटा डोजर खरीद गरी जिल्लाका विभिन्न सडकहरुका लागि परिचालन गर्न शुरु गरेको थियो । यो अवधिमा स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग (डोलीडार) को बजेटबाट, जिल्ला विकास समितीको बजेटबाट र गा वि स हरुको वजेटबाट दोलालघाट माँदनकुडारी, भकुण्डे नारायणस्थान मेच्छेपौवा, खोपासी ढुंखर्क च्याम्राङबेशी, हिगुवापाटी जोगीटार दोलालघाट, हिगुवापाटी गैरीविसौना नगरकोट, गैरीविसौना सिपाघाट, कुन्ताबेशी नयाँगाँउ नगरकोट, फेदी चण्डेनी, ५४ किलो खुम्बारी, ५० किलो रामपुर ज्याम्दी, कुन्ताबेशी चण्डेनी, फेदी कोट्याङ्ग, पाँचखाल अनेकोट मानेगाँउ, पाँचखाल ज्यामिरकोट, तामाघाट बोहरेदोभान, दाप्चा गहते, दाप्चा पिपलटार, दाप्चा तल्लो हटिया खाग्सी, दाप्चा भकुण्डेबेशी, कटुञ्जे पोटाखोला (खोलाको बगरै बगर) सीपाली चिलाउने, कोशीदेखा तिमालबेशी, झिखुखोला पचुवारघाट बोल्देफेदिचे, साँगा खाल्चोक आशापुरी, रयाले मानेदोभान, रोशी फूल्चोकी, सिमलावगर रोशी गागल, भैसेपाटी बाँसडोल पनौती, बोहरेदोभान आधाबाटो कोटतिमाल, आधाबाटो डाँडागाउँ, पोखरीनारायणस्थान माहुरे, गेल्डुङ्ग गोल्माकोट, मल्पी तिपेनी, नाला सेरा काशी भञ्ज्याङ्ग, नाला घिमीरेगाँउ, पात्लेखेत कल्छे, पात्लेखेत बालुवा, शारदाबतासे दाहालटार, शंखु नमोबुद्ध, मथुरापाटी फुलबारी वेला, तिनपीप्ले बालुवा भेडावारी, भूम्लुटार सापीङ, दोलालघाट फलाँटे कोलाँती, चौवास लौरेदेउराली, चौबास गुमपाटी सलम्बु नाग्रे किल्पु, पोखरीचौरी चौरीखोला, कात्तिके देउराली बोक्से आदि ग्रामीण सडकहरु लगायत शहरोन्मुख गा वि स र नगरपालिकामा स–साना सडकहरुको विस्तार र सुधार भएको थियो । साथै कुशादेवी रयाले कलाँतीभुमेडाँडा, जैशीथोक, महेन्द्रज्योती गा वि सहरुबाट ८–१० वटा साना पक्की पुलहरु समेत निर्माण गरिएको थियो ।
यसै गरी २०५३ सालमा धुलिखेल सिन्धुली बर्दीबास सडक (वि पी राजमार्ग) अन्तर्गत धुलीखेल नेपालथोक खण्ड सिन्धुली जिल्लाको सिमानासम्म ५० कि मी को डि पी आर तयार भई २०५४ साल चैत्रदेखि निर्माण कार्य शूरु भएपछि यस जिल्लामा अरनिको राजमार्ग पछिको दोश्रो स्तरीय सडक २०६१ सालमा यातायात सञ्चालन हुन थालेको थियो । २०१६ सालमा वि पी ले परिकल्पना गरेको (आरटिओ) अन्तगर्त प्रस्तावित यो सडक तत्कालीन बनेपा सिन्धुली भनिएता पनि धुलिखेलबाट शुरु गरी धेरै जसो पुरानो रेखाङ्कनलाई पछ्याउदै गएको छ । यो सडक शुरुवात भएसगै जिल्लाका रोशी क्षेत्रका कटुञ्जेबेशी, कानपुर, पोखरी नारायाणस्थान, खार्पाचोक, कुरुवास चापाखोरी, मंगलटार, मेच्छे, वाल्टीङ्ग र भिमखोरी गा वि सको दुर्गम भेगहरुलाई सुगम मात्र बनाएको थिएन, यस क्षेत्रका जनताहरुको आर्थिक र सामाजिक विकासलाई माथि उठाउन महत्वपूर्ण शुरुवात गरेको थियो । यो सडक निर्माणमा राज्यले व्यक्तीगत जग्गाको मुआब्जा दिएको थियो भने निर्माणकार्य अन्तराष्ट्रीय ठेक्का प्रकृयाबाट जापानको हाज्मा ज्बशmब निर्माण कम्पनी बाट स्थानीय निर्माण व्यबसायीहरु र कामदारको संलग्नतामा वातावरणीय प्रभावलाई ध्यानमा राखी मेशीन (एक्साभेटर, ब्याक हु, लोडर आदि) बाट गरिएको थियो । यो सडक निर्माण गर्न जापान सरकारले अनुदान सहयोग गरेको थियो ।
काभ्रे जिल्लाको अति दुर्गम क्षेत्र भनेर चिनीने डाँडापारी क्षेत्रमा पर्ने च्याम्राङ्गबेशी, मिल्चे, साल्धारा, साल्मे चाकल, फलामेटार, डाँडागाँउ, गोकुले, घर्तिछाप, बनखु, फोक्सिङ्गटार र बुढाखानी सहित ११ गा वि स मध्ये एउटा मात्र च्याम्राङ्गबेशी गा वि स मा ढुंखर्कबाट सडक विस्तार हुँदै थियो । २०५४ सालमा स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग Department of Local Infrastructure and Agriculture Road (DoLIDAR) बाट एशीयाली विकास बैकको ऋण अनुदानमा सडक पूर्वाधार विकास परियोजना Road Infrastructure Development Project (RIDP)कार्यक्रम जिल्ला विकास समिती मार्फत कार्यान्वयन हुनेगरी प्रस्ताव स्विकृत भयो । सो कार्यक्रमका लागि जिल्ला विकास समितिले खोपासीबाट डाँडापारी तालढुङ्गा सिक्रेदोभान सडक निर्णय गरी ६० कि मी को विस्तृत परियोजना प्रतिवेदन तयार भयो । प्रतिवेदन अनुसार उक्त सडक कुनै मेशीन प्रयोग नगरी सडक सपोर्ट स्ट्रक्चरहरु (गेबीयन पर्खाल, सुख्खा पर्खाल, क्रस ड्र्ेनेज) कार्य समेत रहने गरी उपभोक्ता समूह गठन गरी मानिसद्वारा निर्माण गरिने तर ब्यत्तिगत जग्गाको मुआब्जा नदिने गरी प्रस्ताव भयो । यो सडकले खोपासी सलान्दुवगर, बल्थली, च्यासिंखर्क, महांकालचौर, फलामेटारको जंगल भुभाग, डाँडागाँउ हँुदै साल्मेचाकल गा वि स गरी ६ वटा गा वि सलाई सडक जोड्ने गरी तालढुङ्गा सिक्रेदोभानसम्म रेखाङ्कन गरियो । तर सो परियोजनाको लक्ष अनुरुप सबै ट्रयाक खोली नसक्दै परियोजना अवधि सकियो । यद्यपी परियोजनाको सम्पूर्ण भौतिक लक्ष्य (६० कि मी सडक ट्रयाक खोल्ने) पूरा हुन नसके पनि यो परियोजना लागू हूँदा दुर्गम क्षेत्रमा धेरै रोजगारी श्रृजना भई जनताको जिवनस्तर उकास्न महत्वपूर्ण योगदान भएको थियो । पछि देशमा लोकतन्त्रको आगमन पश्चात २०६५ सालमा पुन अर्को कार्यक्रम RRRSDP शुरु भई २०६८ सालमा यो सडकको ट्रयाक जोड्ने काम सम्पन्न भएको थियो ।
यो अवधिमा जिल्लाका विभिन्न सडकको मर्मत सम्भार र स्तरोन्नतीका धेरै कामहरु शूरु गरिएका थिए । जिल्लाका सिमाना भित्र बहने नदि तथा खोलाहरु र खानीहरुबाट निर्माण सामाग्री संकलन गर्ने कार्य दु्रततर रुपमा बढ्दै थियो । सो बाट जिल्ला विकास समितीले आन्तरीक कर उठाई जिल्लाको बजेट श्रोत क्रमशः बढ्दै थियो । सो श्रोतबाट धेरै प्रतिशत बजेट सडक पूर्वाधार विकासमा विनीयोजन गर्ने गरिएको थियो । साथै स्थानीय विकास मन्त्रालयबाट सडक निर्माण आयोजना कार्यक्रम साथै सडक बोर्ड नेपाल मार्फत केहि सडकहरुलाई केन्द्रीय स्तरबाट बजेट विनीयोजन हुनेगरेको थियो भने सडक विभागबाट केहि सडकहरुलाई स्तरोन्नती र कालोपत्रे गर्न थालीएको थियो । यो अवधीसम्म अरनिको राजमार्ग, वि पी राजमार्ग, बनेपा पनौती, बनेपा नाला सडकहरु मात्र कालोपत्रे सडक थिए । यसैगरी २०५४ सालमा जिविसका सभापती कृष्ण प्रसाद सापकोटाको मूख्य समन्वयमा विश्व खाद्य कार्यक्रम अन्तगर्त ग्रामीण सामुदायीक पूर्वाधार कार्यक्रम Rural Community Infrastructure Work (RCIW) परियोजना लागू भई जिल्ला विकास समितीबाट निर्णय भए बमोजिम विभिन्न शाखा सडकहरुको विस्तारका साथै बोहरेदोभान अमलटारी सडक खण्ड र बोल्दे फेदीचे ठुलोपर्सेल सडक खण्डको मानिसद्वारा ट्रयाक खोल्ने काम गरिएको थियो । यस कार्यक्रमबाट सडक विस्तारका साथै रोजगारी श्रृजना र जिवनस्तर उकास्न उलेख्य योगदान पुगेको थियो ।
२०५६ सालमा स्विस विकास सहयोग बाट जिल्ला सडक सहयोग कार्यक्रम District Road Support Program (DRSP) लागू भई जिल्लाका मुख्य धुलेसडकहरुको प्रारम्भिक सडकको अबस्थाको सर्वे गरी वास्तविक अबस्था जिल्ला विकास समितीमा प्रस्तुत गरी जिल्ला विकास समितीबाट प्राथमिकता क्रम निर्धारण गरी पहिलो चरणमा धुलीखेल देविस्थान काभ्रेभञ्ज्याङ्ग नमोबुद दाप्चा सडक, बनेपा रविओपी पाँचखाल, नाला काशी भञ्ज्याङ्ग सडकको स्तरोन्नती -ढुंगा सोलीङ्ग र ग्रावलीङ्ग शुरुवात भई क्रमशः भकुण्डे कानपुर मेच्छे , तामाघाट बोहरेदोभान, भैसेपाटी बाँसडोल सडकहरुलाई स्तरोन्नती गरिएको थियो । यो कार्यक्रममा जिल्लाका निर्माण व्यवसायीहरुबाट ठेक्का प्रकृयाबाट कार्यान्वयन गरिएको थियो । बाँकी आगामी अंकहरुमा क्रमशः………….