महाङकाल माध्यमिक विद्यालयको नवनिर्मित चमेनागृहको भवन हस्तान्तरण

पाँचखाल / पाँचखाल नगरपालिका वडा नम्बर १० बेलामा अवस्थित श्री महाङ्काल माध्यमिक विद्यालयको नवनिर्मित चमेनागृह भवन पाँचखाल नगरपालिकाका नगर उपप्रमुख सूर्यमाया दनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रमका बीच हस्तान्तरण भएको छ । रिवन काटेर उद्घाटन गरिएको भवनको चावी समुन्द्र नेपाल संस्थाले प्रमुख अतिथी मार्फत विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको हो ।

विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरूको लागि स्वच्छ खाजा तथा खाना उपलब्ध गराउँदै विद्यालयमा विद्यार्थीहरूको विद्यालय छाड्ने दर ९म्चयउयगत च्बतभ०लाई कम गर्ने उद्देश्यका साथ पाँचखाल नगरकार्यपालिकाको कार्यालयको प्राविधिक लागत स्टिमेट अनुसार २१ लाख ७ हजार ८ सय रुपैया ९२ पैसाको लगतमा निर्माण सम्पन्न भएको उक्त भवनमा समुद्र नेपाल नामक संस्थाले विद्यालयलाई रु १५ लाख आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

नवनिर्मित चमेनागृह भवनको हस्तान्तरण कार्यक्रममा समुद्र नेपाल संस्थालाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरिएको छ। सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष वासुदेव प्याकुरेलले विद्यालयलाई घेराबार निर्माण, स्व्च्छ पिउने पानी व्यवस्थापन, लगायतका कार्य गरि भौतिक विकास सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी संघ संस्थाहरुलाई धन्यवाद प्रकट गरे । कार्यक्रममा पाँचखाल नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष नारायण प्रसाद सापकोटा, विद्यालयका विशेष सल्लाहकार तथा शिक्षा सेवी नारायण प्रसाद अधिकारी, विद्यालयका प्रधानाध्यापक दुर्गादत्त पौडेल लगायतले मन्तव्य राखेका थिए ।

मन्तव्यका क्रममा प्रअ पौडेलले विद्यालयको क्रमिक विकासका क्रममा खाजा खानाको लागि समेत छुट्टै पक्की भवनको निर्माणसम्म आइपुगेको अवस्थामा अब चाडै संविधानको परिकल्पना बमोजिम कक्षा १२ सम्म पढाई सन्चालन गर्ने लक्ष्य भएकोमा यसको लागि नजिककको स्थानीय सरकारसग सहयोगको लागि अनुरोध गरे ।

विद्यालयको विषयगत शिक्षक दरबन्दीको अभाव रहेको समस्यालाई जोड्दै प्रमुख अतिथि सूर्यमाया दनुवारले नगरपालिकाभित्र छिट्टै विद्यार्थी संख्याको अनुपातमा दरबन्दी मिलान गरिन लागेको जानकारी दिए ।