मदिरा ब्यवसायी संघ काभ्रेमा पुनः कुवेरको नेतृत्व
बनेपा/मदिरा ब्यवसायी संघ काभ्रेको पहिलो अधिबेशन तथा तेश्रो साधारण सभा अध्यक्ष कुवेर सापकोटाको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष सोनाम शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अधिबेशनले पुनः कुवेर सापकोटाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा बलराम श्रेष्ठ र कृष्णलाल श्रेष्ठ, महासचिव निर्दाेष पलाञ्चोके, सचिव विनोद मानन्धर, सह सचिव विकेशन घिनाङ्गजु, कोषाध्यक्ष रामकुमार श्रेष्ठ, सह कोषाध्यक्ष नेत्रलाल श्रेष्ठ रहेका छन् । समितिमा सदस्यहरु अमिर मल्लेपती श्रेष्ठ, घननाथ नेपाल, संजिव भुजेल, केवी सापकोटा, अरुण भुजेल, सन्ध्या बैदार र इश्वरकुमार श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय अध्यक्ष शेर्पाले देशभरका मदिरा ब्यवसायीहरुले भोग्नु परेका समस्या, समस्या समाधानका लागि खेलेको भूमिका र आगामी योजनामा संघको भूमिका बारेमा धारणा राखेका थिए । महासचिव गोविन्दप्रसाद बराल, बागमती प्रदेशका कोषाध्यक्ष सरस्वती बाटी, काठमाडौ जिल्ला अध्यक्ष राजन केसी, भक्तपुरका अध्यक्ष जीवन छुस्याकी, काठामाडौ जिल्लाका महासचिव शुशिल खड्का, काभ्रे उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार, महासचिव रजित पलाञ्चोके, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना तथा कम्पनीका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सचिव निर्दाेष पलाञ्चोकेको स्वागत रहेको थियो भने महासचिव कृष्णलाल श्रेष्ठले संचालन सहित महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष रामकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष कुवेर सापकोटाले संघले ब्यवसायीहरुको हक हितका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्ने बताए ।






