अटल पाँचकुण्ड साकोसको आठौ वार्षिक साधारण सभा सम्पन्न
धुलिखेल/अटल पाँचखुण्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौ वार्षिक साधारण सभा शिक्षासेवी तथा समाजसेवी फडिन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथी अधिकारीले सहकारीहरु निति, विधि र सिद्धान्तमा सञ्चालन हुनु पर्ने बताए ।
निति अनुसार र विधिअनुसार सञ्चालन भएका सहकारीहरु समस्यामा नपरेको अधिकारीले बताए । कार्यक्रमको वार्षिक प्रतिबेदन सचिब जयराम कुईकेलले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष जनक तिमल्सिना र लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक विष्णु प्रसाद शर्माले सभामा प्रस्तुत गरेका थिए । संस्थाको आर्थिक वर्ष २०८०÷०८१ मा नाफा ९७ लाख ७४ हजार १ सय ७७ रहेको छ भने शेयर पूजीं २ करोड ९८ लाख ५३ हजार, निक्षेप ३२ करोड ५६ लाख ३ हजार, ऋण लगानी २४ करोड २१ लाख ७३ हजार, कुल सम्पति ३९ करोड ७७ लाख ४१ हजार रहेको जनाएको छ । कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष उत्तम प्रसाद तिमल्सिना, पुर्व वडा अध्यक्ष रविन्द्र कर्मचार्य, सामाजिक जागरण मञ्चका अध्यक्ष पृथ्वी थापा, चेष्टा साप्ताहिकका सह सम्पादक लक्ष्मण तिमल्सिना लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा उत्कृष्ट शेयर खरिदकर्ता, बचत कर्ता,उत्कृष्ट ऋणी, कक्षा १२ उर्तिण बाल सदस्यहरु लाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य सञ्चालक सदस्य कृष्ण सुन्दर थापाले राखेका थिए भने कार्यक्रमको सभापतित्व संस्थाका उपाध्यक्ष कमल बहादुर रायले गरेका थिए ।