युनाईटेड फिटनेश एण्ड डान्स सेन्टरको गृहिणी महिला एकल नृत्य प्रतियोगिता

बनेपा/युनाईटेड फिटनेश एण्ड डान्स सेन्टरको आयोजनामा बनेपामा गृहिणी महिला एकल नृत्य प्रतियोगिता आयोजना गरिएको छ ।

बनेपामा रहेको उक्त संस्थाले गृहिणी महिलाहरुको स्वास्थ्यको ख्याल गर्दै विभिन्न स्वास्थ्यवद्र्धक फिटनेस कार्यक्रम संचालन गर्दै आएको छ । अध्यक्ष सजिना श्रेष्ठका अनुसार तीज पर्वको अवसर पारी उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

प्रतियोगितामा २३ जना गृहिणी महिलाले एकल नृत्यका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा प्रथम हुने गृहिणीलाई नगद १० हजार सहित आर्कषक पुरस्कार, दोश्रो हुने गृहिणीलाई नगद ७ हजार र तेश्रो हुने गृहिणीलाई नगद ५ हजार सहित आर्कषक पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा फिटनेस एण्ड डान्स सेन्टरमा सहयोग गर्ने विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।