ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले गर्यो कक्षा ११ लाई स्वागत तथा मनसुन फेष्ट
बनेपा/ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले नव आगन्तुक कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत तथा मनसुन फेस्टको आयोजना गरेको थियो । विद्यार्थीहरु भविष्यका राष्ट्र निर्माणका कर्णधार भएकाले आम विद्यार्थीहरुमा गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापको आवश्यक भएको प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैधले बताए ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालक एवं प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राखेका थिए । सहायक कलेज प्रमुख नवराज चौलागाईले उक्त प्रतिष्ठानमा आवद्ध हुन आउनु भएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई निश्चिन्त भई गुणस्तरीय शिक्षा तथा आवश्यक शैक्षिक क्रियाकलापहरुको चरणवद्ध रुपमा सञ्चालन गरिने प्रतिवद्धता गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका सञ्चालक सदस्य आत्माराम थापा, शिक्षकहरुको, कक्षा ११ देखि स्नातकोत्तर तह सम्मका विद्यार्थीहरुको उपस्थित रहेको थियो ।