प्लाईउडको कच्चा पदार्थ निर्यात हुँदा नेपाली प्लाईउड उद्योगहरू धराशायी

वर्तमान अवस्थामा नेपालको प्लाईउड उद्योगहरूले अर्थात् नेपालको प्लाईउड उत्पादनले केही वर्ष यतादेखि देशको प्लाईउडको मागलाई धानेर अहिले भारत लगायतका विभिन्न देशहरुमा आफ्ना उत्पादनहरू निर्यात गरेर अर्थात् चालु वर्षमा नेपालबाट धेरै निर्यात हुने वस्तुहरूमध्ये पाँचौं नम्बरमा परेर पछिल्लो दुई आर्थिक वर्षमा करिब ११ अर्ब रुपैयाँ विदेशी मुद्रा आर्जन गर्न सफल भएको छ ।

नेपाल सरकारको अनावश्यक खुकुलो नीतिका कारण अहिले प्लाईउडको कच्चापदार्थ नै छिमेकी मुलुक भारतमा निर्यात गर्ने बाटो खुलेको छ । भारतमा रहेका प्लाईउड उद्योगहरूको माग अनुसार त्यहाँको रुखजन्य कच्चा पदार्थको आपूर्ति कम भएका कारण धमाधम नेपालबाट सजिलै आयात गरिरहेको अवस्था छ । जसले गर्दा नेपालका प्लाईउड फ्याक्ट्रीहरु मारमा परेका छन । नेपालका प्लाईउड फ्याक्ट्रीहरुले आफ्नै देशको कच्चा पदार्थ पाउन सकिरहेका छैनन् कच्चा पदार्थ उत्पादन गर्ने फ्याक्ट्रीहरूले धमाधम भारतमा कच्चापदार्थ निर्यात गरिरहँदा नेपालका प्लाईउड फ्याक्ट्रीहरूले महँगो मूल्य तिरेर सीमित कच्चापदार्थ पाइरहेका छन । यसले गर्दा नेपाली प्लाईउड क्षेत्र धरासायी हुने हो कि भनेर चिन्ता गर्नुपर्ने अवस्था आएको छ । देशकै समग्र अर्थतन्त्रमा योगदान गर्दै आइरहेको यो क्षेत्र धराशायी भएर गयो भने यसले समग्रमा कस्तो खालको असर पार्नेछ र यसरी प्लाईउड उत्पादनको लागि कच्चापदार्थको रुपमा प्रयोग हुने भेनियर र काठको सिधै निर्यातले नेपालको प्लाईउड उत्पादन क्षेत्रमा अथवा देशको अर्थतन्त्रमै कस्ता प्रकारका असरहरु पार्न सक्छ त ती असरहरू के के हुन सक्छ यसका बारेमा निम्न बुँदाहरू बाट प्रष्ट हुन सकिन्छ ।

१) घरेलु उद्योगमा कच्चापदार्थको अभाव:
भेनियर र काठको सिधै निर्यात गर्दा नेपालको घरेलु प्लाईउड उद्योगमा कच्चापदार्थको अभाव हुन सक्छ र यसले गर्दा उद्योगहरुले आवश्यक कच्चा पदार्थ आयात गर्नुपर्ने हुन सक्छ जसले उत्पादन लागत वृद्धि हुन सक्छ। यसको असर प्रतिस्पर्धात्मक रूपमा विदेशी बजारमा प्लाईवुड निर्यात भइरहेको अवस्थामा मूल्य

बढ्न गई निर्यात ठप्प हुने र देशमै पनि खपत कम हुने सम्भावना रहन्छ यसको साटो विदेशबाट आयात गरेका प्लाईहरूले बजार लिने सम्भावना रहन्छ।

२) घरेलु उत्पादनमा कमी :
भेनियर र काठको सिधै निर्यात हुँदा घरेलु बजारमा कच्चा पदार्थको अभावले गर्दा प्लाईवुडको उत्पादनमा कमी आउन सक्छ। उत्पादन कम हुँदा प्लाईवुडको मूल्य बढ्न सक्छ जसले गर्दा निर्माण व्यवसाय र अन्य सम्बद्ध क्षेत्रहरूमा नकारात्मक असर पर्न सक्छ।

३) रोजगारीमा असर:
नेपालको प्लाईवुड उद्योगले देशमा प्रत्यक्ष रूपमा करिब २५ हजार अप्रत्यक्ष रूपमा लाखौं व्यक्तिहरूलाई रोजगारी प्रदान गरेको छ। यदि कच्चापदार्थ सिधै निर्यात हुने हो भने यसले घरेलु उद्योगहरूमा संकुचन हुन सक्दछ जसले गर्दा धेरै रोजगारी गुम्ने सम्भावना रहन्छ।

४) आयातमा निर्भरता:
कच्चा पदार्थको सिधै निर्यातले नेपालको प्लाईवुड उद्योगलाई आयातमा निर्भर बनाइदिन्छ। यदि बाह्य

स्रोतहरूबाट कच्चा पदार्थ आपूर्ति गर्नुपर्ने अवस्था आयो भने अन्तर्राष्ट्रिय बजारमा हुने सामान्य मूल्य वृद्धि वा अरु कुनै समस्याहरुले हाम्रो घरेलु उद्योगहरुलाई प्रभाव पारिरहन सक्छ।

५) मूल्य अभिवृद्धि करमा कमी:
नेपालमै भेनियर र काठ प्रशोधन गरेर प्लाईवुड उत्पादन गर्दा त्यसमा अतिरिक्त मूल्य अभिवृद्धि कर सरकारले प्राप्त गर्दछ जसले अर्थतन्त्रमा पनि ठूलो योगदान पुर्याइरहेको छ तर कच्चा पदार्थनै सिधै निर्यात गर्दा यो मूल्य अभिवृद्धि कर नेपाल सरकारले प्राप्त गर्न सक्ने छैन जसले देशको आर्थिक विकासलाई नै प्रभावित पार्न सक्छ।

६) निर्यात आयमा असर:
कच्चा पदार्थको सिधै निर्यात ले गर्दा त्यसको मूल्य कम हुन्छ। जबकि प्रशोधन गरिएको उत्पादनको निर्यात गर्दा बढी आयआर्जन गर्न सकिन्छ। कच्चापदार्थको सिधै निर्यातले नेपालको कुल निर्यात आयमा नकारात्मक असर पार्न सक्छ।

७) नयाँ प्रविधि र दक्षतामा कमी:
प्लाइउड उद्योगलाई बलियो बनाउनका लागि नयाँ

प्रविधि र दक्षता को विकास आवश्यक हुन्छ। नेपालमै प्लाईउड उत्पादन भइरहँदा त्यसमा काम गर्दै जाँदाखेरि जनशक्ति ले नयाँ प्रविधि को विकास र आफ्नो दक्षता को अभिवृद्धि गरिरहेको हुन्छ तर कच्चा पदार्थकै निर्यात भइरहँदा उत्पादनमै असर पर्ने हुँदा अर्थात् उद्योगको प्रतिस्पर्धात्मक क्षमतामा असर पर्दै जाँदा समय सापेक्ष प्रविधि अँगाल्न पनि सकिँदैन र दक्ष जनशक्ति पलायन भएर जाने सम्भावना रहन्छ दीर्घकालमा यसले धरासायी बनाउने हुन्छ।

समग्रमा भन्दा कुनै पनि देशले सम्भव भएसम्म सामान्य अवस्थाहरूमा बाहेक आफ्नो देशमा रहेको कच्चापदार्थ निर्यात गर्दैन। तर आर्थिक वर्ष २)८)र८१ को बजेटको व्यवस्थाले सिधै गोलिया काठ निर्यात गर्ने जुन व्यवस्था गरेको छ यसलाई आपत्तिजनक रुपमा लिन सकिन्छ। यो व्यवस्थाले स्वदेशमा लगभग ४) अर्ब रुपैयाँको प्रत्यक्ष लगानी गरेर खुलेका प्लाईउड उद्योगहरू धराशायी हुने निश्चित छ। यस क्षेत्रको विकास र दिगोपनामा नकारात्मक असर पर्न सक्छ देशकै अर्थतन्त्र मा सकारात्मक योगदान गरेको यो क्षेत्र कमजोर बनाइयो भने देशले नै घाटा बेहोर्नुपर्ने अवस्था निम्तिनेछ त्यसैले सरकार र सम्बद्ध निकायहरूले यसलाई सम्बोधन गर्न उपयुक्त नीतिहरु तत्काल बनाउनु पर्ने आवश्यकता छ।